वीपीका डाक्टरले बिरामी बाहिर पठाए : कर्मचारी कल्याण समाजको आपत्ती
Posted by
purwanews
Published on
Monday, December 16, 2013
धरान । वी.पी. प्रतिष्ठानका कर्मचारी कल्याण समाज र प्रतिष्ठान स्वयंले पटक पटक चेतावनी दिँदा समेत प्रतिष्ठानमा कार्यरत् डाक्टरहरुले विरामीहरुलाई प्रतिष्ठान वाहिर पठाउन छाडेका छैनन् । बच्चा हुन नसकेकोले हालसालै प्रतिष्ठानमा जचाउन आएका भोजपुर ओखे्रका विमला राई र उनका पति सरोजलाई फेमिलि मेडिसिन विभागका डा. प्रमिन्द्र प्रसाद गुप्ताले बाहिर पठाएको खुलेको छ ।
बच्चा नभएकोले पत्नीलाई जचाउन ल्याएका राईलाई डाक्टर गुप्ताले आफ्नो वीर्य जाँच गराउन भन्दै प्रतिष्ठान बाहिरको ल्याबमा पठाएको पीडित राईले गुनासो गरेका छन् । यता ल्यावका कर्मचारीहरुले प्रतिष्ठानमै वीर्य जांच निरन्तर भईरहेको र नरोकिएको बताएका छन् । डा. गुप्ताले यसअघि पनि धरान १६ का हर्कमाया रम्जेललाई रगत जांच गराउन वाहिर पठाएका थिए । त्यसबखत गल्ती भएको भनि माफी मागेका डा. गुप्ताले पुनः बिरामीलाई बाहिर पठाएपछि कर्मचारी कल्याण समाजले विरोध जनाएको छ ।
त्यती मात्र होइन, डाक्टर गुप्ताले माइक्रोवायोलोजीको फर्म प्रयोग नगरी वायोकेमिष्ट्रीको फर्म प्रयोग गर्ने गरेको पाइएको छ । वायोकेमिष्ट्रिीको फर्म लिएर जाँदा ल्यावको नमूना संकलन काउण्टरले यो हुंदैन भनि फिर्ता पठाईदिने गरेको र विरामीहरु बाहिर जाने गरेको समेत खुलासा भएको छ ।
प्रतिष्ठान दिनानुदिन धराशायी बन्दै गएको भन्दै कर्मचारी कल्याण समाजले २०७० भाद्र १ गते देखि प्रतिष्ठानमा सम्भव हुने सबै अस्पताल सेवाहरु प्रतिष्ठानमै गर्न।गराउन कडा अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् >>