कोरियामा २३औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिबस
Posted by
purwanews
Published on
Tuesday, December 17, 2013
सउलको सिटिहलमा कोरियामा रहेका प्रवास्री मजदुरहरुलेले २३औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिबस भब्य रुपमा मनाए । दक्षिण कोरियामा मजदुरहरुको हक अधिकारको लागि संघर्ष गर्दै आइरहेका एमटियू(प्रवासी मजदुर संघ ) र केसिटियु(कोरियन प्रजातान्त्रिक मजदुर महासंघ) द्वारा संयुक्तरुपमा आयोजित सो कार्यक्रममा केसिटियुका अध्यक्ष सिन सुङ छलले प्रवासी मजदुरलाई कोरिया सरकारले भेदभाव गरिरहेको तथा केसिटियु उनीहरुको हक अधिकार प्राप्तिको निम्ति निरन्तररुपमा संघर्ष गर्ने बताए । त्यस्तै एमटियूका का.अध्यक्ष उदय राईले प्रवासी मजदुरले स्वतन्त्र रुपमा काम परिवर्तन गर्न पाउनुपर्ने ,मजदुर माथि हुने शोषण बन्द हुनु पर्ने ,सरकारको गलत नीतिको कारणले भिसा गुमाएको मजदुरलाइ बैधानिक बनाउनुपर्ने तथा इपिएसको गलत पक्षको तत्काल सुधार हुनुपर्ने जस्ता मजदुरहरुको माग सरकारले लागु गर्नुपर्ने बताए कार्यक्रमलाइ २ चरणमा विभाजित गरिएको थियो । पहिलो चरणको “प्रवासी मजदुरको समस्याको सुनुवाई “कार्यक्रममा इपिएसका मजदुरहरुले आफ्ना समस्याहरु राखेका थिए । त्यसपछि सो समस्याहरुको समाधान कसरि गर्न सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रम पनि भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा सिटीहलबाट केसिटियु अफिस सदेमुनसम्म सबै र्यालीमा सहभागी भएका थिए । रयाली पश्चात रात्रिभोजको पनि आयोजना गरेका थिए । दिउसो २ बजे देखि साँझ ५ बजे सम्म भएको सो कार्यक्रममा नेपाल, कम्बोडिया, बंगलादेश, भिएतनाम , फिलिपिन्स, इन्डोनेसिया, उज्वेकिस्तान तथा मंगोलियाका करिब २५० जना मजदुरहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् >>