कोरियामा एक नेपालीको उद्धार

दक्षिण कोरियामा साहुबाट बन्धक बनाईएका एक नेपालीको उद्धार गरिएको छ ।
रोजगार अनुमति प्रणलिबाट दुई महिनाअघि कोरिया आएका पाल्पाका लिलबहादुर थापाको शुक्रबार उद्धार गरिएको हो । कोरियाको किम्फो प्रहरी अपराध नियन्त्रण विदेशि विभागका उप संयोजक उमेश बस्नेतको सहयोगमा थापाको उद्धार गरिएको हो ।
कोरियास्थित फाजु क्षेत्रको चुन्ने सागरि जोङ्गहाङ्गजुङ्ग कम्पनिमा काम गर्न आएका थापा कोरिया प्रवेशसंगै मानसिक तनावमा थिए । ठुलो कम्पनिको एकान्त क्षेत्रमा एक्लै काम गर्नु पर्दा थापामा झनै मानसिक पिडा थपिएको थियो । उन एक्लै बर्बराउन र बिहोसीका कुरा गर्ने गरेको सँगै काम गर्ने श्रीलंङ्गका हितेशले बताए ।
कोरियनहरुको गालि, कामको चाप र पारिवारिक चिन्ताले मेरो मानसपटलमा जरा गाडि सकेको थियो र म काम गर्न नसक्ने भएको थिए, उनले भने, म आफु बाच्न चाहान्थे , मैले बिदालिएर नेपाल गएर उपचार गराई आउछु भनेर अनुरोध गरे तर मेरा कुरा सुनुवाई भएन ।
थापालाई उद्धार गर्ने क्रममा कम्पनि व्यवस्थापकबाट हेपाहा प्रवृत्ती देखिएको बस्नेतले बताए । कोहि मर्दा आफुलाई केहि फरक नपर्ने जवाफ कम्पनि व्यवस्थापकले दिए, उनले भने ।
थापा उद्धार कार्यमा खटिएका बस्नेतले सहयोगका लागि कोरिया स्थित नेपाली राजदुतावासलाई खबर गरेका थिए । सोहि सुचनाको आधारमा नेपाली राजदुतावासकाउप नियोग प्रमुख श्री राजाराम बर्तौलाले  बस्नेतकै नाममा थापालाई जिम्मालगएर पठाई दिने ब्यहोराको पत्र  कम्पनिलाई पठाई दिएको थियो ।
सहयोगका लागि पुगेका उप संयोजक आफूलाई समेत कंम्पनि ब्यबस्थापकले दुव्र्यवहार गरेको बस्नेतले गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>