रक्सी खाँदा किन मात लाग्छ र टाउको दुख्छ ?


रक्सी यस्तो पदार्थ हो,जसको अधिक सेवन पछि मानिसको मस्तिष्क ठिक ठाउँमा रहदैँन । रक्सीको अरक्सी यस्तो पदार्थ हो, जसको आधिक सेवन पछि धिक सेवनल पछाडि मानिस अरुलाई तथानाम गाली गर्छ, छिन–छिनमा पिसाव फेर्छ, कहिले काहीँ हाँसेको हाँस्यै गर्छ र अरु पनि थुप्रै प्रकारका अनौठा गतिविधीहरु गर्न थाल्छ । अधिक रक्सी सेवन पछाडि यस्तो किन हुन्छ त ? हामीले खाएको । रक्सीले सबैभन्दा पहिला केन्द्रिय स्नायु प्रणालीले बोली, मांसपेशी, ज्ञानेन्द्रियहरु त्था पसिना ग्रन्थीहरुको नियन्त्रण गर्ने काम गर्दछ । केन्द्रिय स्नायु प्रणालीले आखाँ, कान र छाला जस्ता अङ्गहरुबाट सुचना लिई सामान्यतया मांसपेशी खुम्च्याई त्यसको  प्रतिक्रिया दिन्छ । रक्सीले केन्द्रिय स्नायु प्रणालीको काम गर्ने क्षमता घटाउने हुनाले अघिक रक्सी सेवन गरेपछि मानिसमा अनियन्त्रित हुने, नसोची बोल्ने, आखाँ तिरमिराउने, पिडा महसुस नहुने समस्याहरु देखापर्न थाल्दछन् ।
रक्सीले शरिरबाट पानी बाहिर निकाल्ने कार्यको नियन्त्रण गर्ने हर्मोनको उत्पादनमा कमि ल्याउँछ । जसको कारण रक्सी खादाँ धरै मात्रामा पछिना र पिसाब आउँछ । यहि कारणले गर्दा शरिरमा पानीको मात्रामा कमि आउँछ । त्यसैले रक्सी धरै खायो भने पानी पनि धरै पिउन मन लाग्छ । मानिसको शरिरमा रक्सीलाई पचाएर शक्तिमा बदल्ने कार्य कलोजोले गदर्छ । शरिर भित्र प्रवेश गरेको ९०% रक्सी मोटावोलाइजम ( शक्तिमा बदल्ने ) गर्छ भने १०% मात्र पिसाव, पसिना वा श्वास–प्रश्वासबाट शरिर वाहिर पठाउँछ । कलेजोलाई आफ्नो कार्य सम्पादन गर्न धरै पानीको आवश्यता पर्ने गर्दछ । तर रक्सीले मानिसको शरिरमा पानीको मात्रा कम  बनाउने हुनाले आवश्यक पर्ने पानी कलेजोले मस्तिष्कबाट लिने गर्छ । यहि कारणले अघिक रक्सी सेवन पछाडि टाउको दुख्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>