क्रिकेटको बलले लागेर क्रिकेटरको मृत्यु
Posted by
purwanews
Published on
Saturday, December 21, 2013
ब्याटिङ गर्ने क्रममा टाउकोमा बल लागेर पाकिस्तानका क्रिकेट खेलाडी जुल्फिकर भट्टीको मृत्युभएको छ । २२ वर्षिय भट्टी पाकिस्तानको सिन्ध प्रान्तमा जारी बेगम खुर्शीद मेमोरियल ट्वेन्टी ट्वेन्टी टुर्नामेन्टमा भाग लिइरहेका थिए ।
बुधबाट म्यानको क्रममा उनले पुल सटको प्रयास गरेका थिए । तर उनी चुके । बल सिधै उनको टाउकोमा लाग्यो । उनलाई तुरुन्तै अस्पताल लगिएपनि बचाउन नसकेपछि उनको मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् >>