चोर्दा पनि उपकार । जेल पुग्यो यौन शोषकी

चोरले सधैं चोर्छन् र खराब काम गर्छन् भन्ने सबैलाई लाग्छ । चोर हुन्छन् पनि त्यस्तै । तर स्पेनमा भने केही फरक भएको छ । त्यहाँ एउटा चोरले यौन शोषण गर्ने एक वृद्धलाई पक्राउ गर्न सहयोग गरेको छ । दक्षिणी स्पेनको जेन नामक शहरमा एउटा चोरले बच्चाको यौन शोषण गर्ने मानिसलाई पक्राउ गराइदिएको हो

उक्त घरमा चोर्न गएको उक्त चोरले घरबाट क्यामेरा र केही भिडियो टेप चोरी गरेको थियो । पछि उसले जब ती टेपहरु देख्यो, त्यसमा यौन शोषण गरेको भिडियो थियो । चोरले उक्त टेपलाई एउटा खाममा हालेर सडक किनारको कारभित्र राखिदियो, त्यसपछि सार्वजनिक फोनबाट प्रहरीलाई उक्त खाम र टेपको विषयमा जानकारी दियो ।
खामभित्र घरको ठेगाना समेत लेखिएको थियो भने यौन शोषण गर्नेलाई जेलमा हाल्न अनुरोध समेत गरिएको थियो । प्रहरीले टेप र ठेगानाको आधारमा स्थानिय फुटबल कोच समेत रहेका ६४ वर्षिय वृद्धलाई नियन्त्रणमा लिएको छ । उनले १० वर्षमाथिका बालकहरुको यौन शोषण गर्ने गरेको बताइएकोछ । प्रहरीले चोरको समेत खोजी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>