नेपाली प्राध्यापकलाई अन्तरार्ष्ट्रिय अवार्ड
Posted by
purwanews
Published on
Sunday, December 22, 2013
काठमाडौं– बेलायतको द युनिभर्सिटी अफ सेफिल्डका वरिष्ठ प्राध्यापक पदम सिम्खडा ग्लोबल हेल्थ रिसर्च अवार्ड, २०१३ बाट सम्मानित भएका छन्। विश्वब्यापि संगठन भएको अमेरिकास्थित इन्टरनेश्नल इपिडियोमोलोजिकल एसोसियनले जनस्वास्थ्य क्षेत्रमा काम गर्ने एक जनालाई वर्षेनी यो अवार्ड प्रदान गर्ने गर्छ। यस वर्ष नेपालबाट डा सिम्खडा छानिएका हुन्।
आज भारतको महात्मा गान्धी युनिभर्सिटिमा उनलाई अवार्डद्वारा सम्मानित गरिएको छ। महात्मा गान्धी युनिभर्सिटिका उपकुलपति एभि जर्ज र केरला स्टेट हाइयर एडुकेशन काउन्सिलका भाइस चेयरपर्सन टिपी श्रीनिभासनद्वारा संयुक्त रुपमा उनलाई यो अवार्ड प्रदान गरिएको हो। यो अवार्डबाट सम्मानित हुने उनी पहिलो नेपाली हुन्।
नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरिय सुधारका लागी योगदान पुर्याए बापत सिम्खडालाई ग्लोबल हेल्थ रिसर्च अवार्ड प्रदान गरिएको हो।
‘अवार्डले मलाई थप हौस्याएको छ’ खुसी ब्यक्त गर्दै सिम्खडाले भने ‘स्वास्थ्य क्षेत्रको उच्च शिक्षा सुधारका लागी लागिपर्नेछु।’ बेलायतको द युनिभर्सिटी अफ सेफिल्डमा अन्र्तराष्टिय हेल्थ स्कुल तथा हेल्थ रिसर्चमा संलग्न सिम्खडाका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जर्नलहरुमा ७० भन्दा बढी अनुसन्धनात्मक लेखहरु प्रकाशित छन् ।
प्रजनन् तथा यौन स्वास्थ्य, बसाइसराइ, मातृ तथा शिसु स्वास्थ्यबारे प्रसिद्ध जर्नलहरुमा प्रकाशित उनका अनुसन्धनात्मक लेखहरु नेपाल र अन्य निम्न आय भएका देशहरुका लागी उपयोगी भएको एसोसियनले जनाएको छ ।
प्रतिष्ठत अन्र्तराष्ट्रिय अवार्डबाट नेपाली प्राध्यापक सम्मानित भएकोमा आफूलाई समेत गौरबको विषय भएको द युनिभर्सिटी अफ सेफिल्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। सिम्खडा ग्रामिण महिलाहरुको स्वास्थ्यका क्षेत्रमा काम गर्ने ग्रिनतारा ट्रस्ट बेलायत र नेपाल, संस्थासंग आबद्ध छन्।
प्रतिक्रिया दिनुहोस् >>