फेसबुकमा १८ वर्षअघि हराएका भाइ भेटिए
Posted by
purwanews
Published on
Friday, December 20, 2013
काठमाडौं । पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्कीले १८ वर्षअघि नै हराएका आफ्ना भाइको माया मारिसकेका थिए। उनी जिउँदै होलान् भन्ने त चिताएकासम्म थिएनन् ।
एक साताअघि मंसिर २८ गते सामाजिक सञ्जाल फेसबुकमा आएको फ्रेन्ड रिक्वेस्टु (साथी बन्ने आग्रहं) उनको निम्ति जिन्दगीकै सबभन्दा ठूलो आश्चर्य बन्यो।
त्यो फ्रेन्ड रिक्वेस्टु आएको थियो, पुण्यराज कार्कीको नामबाट।
सुरुमा त चिन्नै सकिनँ। यत्तिका वर्षपछि उसको फोटो देखेको थिएँ। अनुहार निकै बदलिएछ। हल्का दारी पलाएको रहेछ। अनुहारमा कताकति चाउरी पनि परेछन्, कार्कीले भने, तर, नाम पनि उही, झट्ट हेर्दा उस्तै–उस्तै लाग्ने। मैले त आफूलाई थाम्नै सकिनँ। हो न हो यो मेरो भाइ नै हो भन्ने लाग्यो।
युवराजले हतारहतार पुण्यको फेसबुक प्रोफाइल क्लिक गरे। त्यहाँ उनको टेलिफोन नम्बर थियो। भारतको नम्बर रहेछ। उनले आफ्ना भतिजलाई फोन गर्न लगाए। भतिजले नम्बर डायल गरे। उता फोन उठेपछि दुवैको कुराकानी सुरु भयो। पुण्यको वास्तविक परिचय पहिचान गर्न दसतिरबाट प्रश्न सोध्न थालियो।
यता टेलिफोनमा सवालजवाफ चल्दै थियो, उता युवराजको ढुकढुकी बढ्दै थियो। आखिरमा उनको शंका सही साबित भयो। ती व्यक्ति उनै पुण्य रहेछन्, निश्चित हुनेबित्तिकै युवराजले आफूलाई थाम्नै सकेनन्। हतारहतार भतिजको हातबाट फोन खोसेर लिए। र, आफैं कुरा गर्न थाले।
१८ वर्षपछि फेला परेका भाइलाई एकै झमटमा सबै चिज सोध्न मन मानेन। चाहेर पनि सोध्न सकेनन्। किनकि, त्यो क्षण यति भावुक बनेको थियो ।
पुण्य २०५२ सालमै घर छाडेर हिँडेका थिए।
उनी श्रीमती र एक वर्षे छोरासँग राजधानीको डल्लुमा बस्थे। त्यहीँ उनको किराना पसल थियो। श्रीमतीसँगको असमझदारीले उनले घरबार छाडेका थिए। उनी पहिले नेपाल प्रहरीमा भर्ती हुन चाहन्थे। तर, कठिन तालिमका कारण टिक्न सकेनन्।
अहिले उनी जैन सोसाइटी अफ इन्डियाले आयोजना गर्ने अल इन्डिया टुरुमा काम गर्छन्। लामो समयपछि परिवारको सम्पर्कमा आउँदा पुण्यले निकै खुसी मानेका छन्।
यतिका वर्षपछि नेपाल फर्किएर नयाँ जीवन सुरु गर्नु मेरो लागि निकै कठिन छ । अहिले आएर नेपाल फर्कें भने मैले जिरोबाट सुरु गर्नुपर्छ।
उनी आफैंले पनि दाजुलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्टु पठाएका होइनन्। दाजु हो भनेर चिनिसकेपछि एकजना साथीले रिक्वेस्ट पठाइदिएको उनले बताए। उनी त परिवारको सम्पर्कमै आउन चाहन्थेनन्। किनकि, दाजुहरूले फेला पार्नेबित्तिकै कुनै हालतमा नेपाल फर्कन कर गर्नेछन् भन्ने उनलाई भलिभाँती थाहा थियो।
म फेसुबकसँग अभ्यस्त मान्छे पनि होइन, उनै साथीले फेसबुक चलाउन सिकाइरहेका छन्, दाइलाई फ्रेन्ड रिक्वेस्ट पठाएको पनि उनैले हो, पुण्यले भने, त्यत्ति गर्दा परिवारको सम्पर्कमा आइन्छ भन्ने अलिकति पनि लागेको भए म कुनै हालतमा त्यसो गर्न दिने थिइनँ।
झापाका स्थायी बासिन्दा उनीहरूका पाँच दाजुभाइ छन्। पुण्य सबभन्दा कान्छा हुन्। हराएका पुण्य फेला परेको खबर सबै दाजुकहाँ पुगिसकेको छ। सबैले फोन गरेर कुराकानी गरिसकेका छन्। उनका दुईजना दाजु त अचेल जर्मनीमा बस्छन्। उनीहरूले पुण्यलाई उतैबाट पैसाधरी पठाइदिएछन्।
म एकदमै भाग्यमानी हुँ, यत्ति धेरै माया गर्ने दाइहरू पाएको छु, पुण्यले भने, म बाआमालाई पनि खुब सम्भ्किन्छु, उहाँहरूबिना इन्डियामा यस्तरी बस्नु मेरो जिन्दगीकै सबभन्दा ठूलो अभाव हो।
अन्तिम उनले कुरा टुंग्याउँदै भने, तर म अब नेपाल फर्कन चाहन्न।

प्रतिक्रिया दिनुहोस् >>