१७ किलो अवैध सुनसहित एक महिला पक्राउ

सिन्धुपाल्चोकको तातोपानी भन्सारनाकाबाट १७ किलो अवैध सुनसहित एक नेपाली महिला बुधबार पक्राउ परेकी छन् ।
चीनको तिब्बतबाट कम्मरमा लुकाएर नेपाल ल्याउँदै गरेको अवस्थामा तातोपानी भन्सार गेटमै उक्त परिणामको सुन भन्सार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीले पक्राऊ गरेका हुन्।
नौ वटा सिक्काको सुन अन्दाजी १७ केजी भएको तातोपानी भन्सारका कर्मचारीले बताए।
महिलाको परिचय नखुलाए पनि उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । एक वर्ष अगाडि पनि यहीँ स्थानमा ३ किलो सुन बरामद भएको थियो।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>