काग्रेंसका ५ नेतालाई कारवाही
Posted by
purwanews
Published on
Tuesday, December 3, 2013
काभ्रे ,पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तरघात गरी संविधानसभाको निर्वाचनमा पराजित गराउने काम गरेको आरोपमा कांग्रेसका ५ जिल्लका स्तरीय नेतामाथि कारबाही गरिएको छ । निर्वाचन क्षेत्र २ का उम्मेदवार तथा जिल्ला सभापति शिवप्रसाद हुमागाईंलाई अन्तरघात गरी चुनावमा हराएको भन्दै सोमबार बसेको जिल्ला समितिको बैठकले ५ जना नेतालाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको हो । कारबाहीमा पर्नेमा पूर्व जिल्ला सभापति मधु आचार्य, पूर्वका सहसभापति तीर्थ पसखल, पूर्व सभासद कमला थापा, महाधिवेशन प्रतिनिधि उद्धव कोइराला र शंकर मिजार छन् ।
निर्वाचनमा काभ्रे २ मा कांग्रेस कुनै पनि हालतमा पराजित हुने क्षेत्र नहुँदानहुँदै पनि पार्टीका उम्मेदवारलाई पार्टीभित्रैका अवसरवादी र षड्यन्त्रकारीले अन्तरघात गरी पराजित गराए, जिल्ला समितिको निर्णय सार्वजनिक गर्दै सभापति हुमागाईंले भने,अन्तरघात गरेकाहरूलाई कारबाही गर्न प्रमाणसहित मातहतका समितिबाट सिफारिस गरिएपछि जिल्ला समितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।
कांग्रेसको नियमावली २०६८ को परिच्छेद ९ अन्तर्गत अनुशासनसम्बन्धी व्यवस्थाको नियम ४१ को उपनियम २ को ६ क, ख, ग, घ, ङ र च बमोजिम उनीहरूलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको उनले बताए । पार्टीका आधिकारिक उम्मेदवारलाई चुनाव हराउन अन्य पार्टीका उम्मेदवारसँग पटकपटक बैठक बसेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस् >>