प्रनानिसहित ११ प्रहरी निलम्बित

सुनसरी । पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले गैर व्यवसायिक क्रियाकलापमा संलग्न भएको भन्दै एक जना प्रहरी नायब निरीक्षक सहित ११ जना प्रहरीलाई निलम्बन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा मातहत इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय माडरबाट विभिन्न पोष्टहरूमा खटिएका प्र.ना.नि. रामवालक यादवसहित हवल्दार तथा जवानहरुलाई निलम्बन गरेको जनाएको छ ।
प्रहरीको आन्तरिक सुद्दिकरण अभियान अन्तर्गत क्षेत्रीय प्रहरी कार्यालयबाट गठन गरेको प्रोफेसनल स्टाण्डर्ड युनिटले अनुसन्धानमा दोषी देखिएपछि उनीहरुलाई निलम्बन गरेको पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
निलम्बनमा पर्नेहरुमा प्रहरी हवल्दार खेम नारायण सरदार, हरिभक्त चौधरी, प्रहरी जवान बलराम यादव, कसिन्द्र यादव, दुर्गा बहादुर शाही, ब्रहम्देव मण्डल र दल्केशर श्रेष्ठलाई कारवाही गरीएको छ । यसैगरी सुनसरी मातहत प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत प्रहरी हवल्दार बिमल चापागाई, प्रहरी जवान सुन्दर राई र बिष्णु राजवंशीलाई निलम्बन गरिएको छ ।
निलम्बनमा पर्नेहरुलाई नेपाल तथा भारतबाट अवैध रुपमा सामान ओसारपसार गर्ने तस्करीहरूसंग साँठगाँठ गरेको अभियोग लगाइएको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले आचरण विपरित कार्य एंवम गैर व्यवसायिक क्रियाकलापमा संलग्न हुने प्रहरी कर्मचारीहरु गोप्य रुपमा निगरानी गर्नका लागि गत पौष १ गतेबाट युनिट गठन गरी आन्तरिक शुद्दिकरण थालेको थियो । पुस ८



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>