ने.वि. संघको नयाँ कार्यसमिती
Posted by
purwanews
Published on
Monday, December 23, 2013
झापाको सुरुङ्गा स्थित कन्काई बहुमुखी क्याम्पसमा ने.वि. संघको १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको छ । समितीको सभापतिमा असोक पाठक, उपाध्यक्षमा रेवत भट्टराई, सचिवमा अनुप खवास, सहसचिवमा गिरिश दर्नाल तथा कोषाध्यक्षमा सुस्मा उप्रेती रहेका छन् ।
कार्यसमितिका सदस्यहरुमा ज्योति पाठक, जिवन दाहाल, विजय पाण्डे, आइन्द्र हाङसेरुम्वा, सरु भट्टराई, लक्ष्मण चौहान, प्रतिमा लुइटेल, नविना घिमिरे, सन्दिप सत्याल, गणेश भट्ट चयन छन् ।
कार्यक्रममा उपस्थित अतिथिहरुले नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् >>