काठमाडौं। तातोपानी भन्सारमा २०७० मंसिर १९ गते बरामद भएको १७ किलो सुनमा भन्सार प्रमुख मिमांस अधिकारीले नक्कली सुराकी खडा गरी ८० लाख रुपैयाँ कमिसन खान खोजेको खुलासा भएको छ। सुन बरामद भएको समयमा काठमाडौंमा रहेका तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत मिंमास अधिकारी हतार हतार तातोपानी पुगेर पहिलेकै समय राखी नक्कली सुराकी खडा गरी ८० लाख रुपैयाँ राजस्व खाने योजनामा सफल भएका छन्। उनले सुराकी नै नगरी बरामद सुनको कमिसन खान आफ्ना मानिसको नामकसरी पक्राउ पर्यो सुन?
मंसिर १९ गते बिहान ११ बजे तातोपानी भन्सारको मूल ढोकामा कार्यालय सहयोगीहरुको टीमले १७ किलो सुनसहित सिन्धुपाल्चोक मार्मिङ–८ की ल्हामो तामाङ, दुई चिनियाँ नागरिक झुपेल र जोनलाई पक्राउ गरेका थिए। ड्युटीमा रहेका कार्यालय सहयोगीहरुले झोला खानतलासी गर्दा माथि एक दुईवटा मोवाइल र झोलामा सुन फेला परेको थियो। चेकका क्रममा मोवाइल देखाएर सुन ओसारपसार गर्ने योजनामा रहेका ल्हामोको टोली फन्दामा परेको थियो। उनीहरु तीनै जनाको झोलाबाट ९, ३ र ५ केजी सुन बरामद भएको थियो।
केही समयअघि चीनबाट भित्रने लत्ताकपडाको मूल्यांकनमा अन्जानबस सामान्य त्रुटी हुँदा २१ जना कर्मचारीलाई तान्ने अख्तियारले नक्कली सुराकी खडा गरी राजस्व मार्ने र कमिसन पाउनुपर्ने कर्मचारीलाई नदिई अरुकै नाम राख्नेलाई के कारबाही गर्छ?
यसरी सुराकी नै प्राप्त नगरी बरामद भएको सुनमा नक्कली सुराकी खडा गर्ने प्रमुख भन्सार अधिकृतको मोवाइलको कलडिटेल उतारेको खण्डमा १७ किलो सुनकाण्डमा उनले गरेको अनियमितता छताछुल्ल हुने सशस्त्र प्रहरी स्रोतले बतायो।