पूर्व राजा वीरेन्द्रलाई भारतले बंगलादेशी नेता बनायो

काठमाडौं— भारतीय विदेश मन्त्रालयले नेपालका पूर्व राजा वीरेन्द्र र ज्ञानेन्द्र शाहका तस्विर प्रयोग गरी गलत सन्देश प्रवाह गरेको तथ्य खुलेको छ। मन्त्रालयको आधिकारिक वेबसाइटले भारतमा पढ्ने अन्तरार्ष्ट्रिय नेताहरुको सेक्सनमा तस्विर राखेर बंगलादेशका पूर्व राष्ट्रपति जनरल हुसेन मुहम्मद इरसादको सूचना दिएको हो।
वीरेन्द्रको तस्विर हुनु पर्ने स्थानमा भने पूर्व राजा ज्ञानेन्द्र शाहको तस्विर राखिएको छ। मन्त्रालयको हिन्दी भाषा सेक्सनका तस्विरले गलत सूचित गरे पनि अन्य विवरण भने सही छन्। '१९७२ देखि मृत्युपर्यन्त २००१ सम्म नेपालका राजा रहेका वीरेन्द्र शाहको सुरुवाती शिक्षा दार्जिलिङको सेन्ट जोसेफ कलेजमा भएको थियो', साइटमा उल्लेख गरिएको छ।
भारतमा अध्ययन गरेका अन्तरार्ष्ट्रिय नेताको सो शीर्षकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि राखिएको छ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>