राष्ट्रपतिले 'क्षमापूजा' खर्च पठाए

दोलखा, दोलखा बजारस्थित भीमेश्वरको शीलामा आएको 'पसिना' पुछेको कपासलाई 'महाप्रसाद'को रुपमा राष्ट्रपतिसक्षम पठाएपछि तत्काल उनले 'क्षेमापूजा' खर्च पठाएका छन् ।
आइतबार मध्यान्हदेखि शीलाको चारैतिरबाट पानीका थोपाहरु निस्कदै झर्दै गर्ने क्रम गरेपछि शीलाको फेदमा कपास राखेर विधिपूर्वक पूजापाठ थालिएको थियो । परम्परा अनुसार पसिनाले भिजेको कपासलाई महाप्रसादको रुपमा राष्ट्रप्रमुखलाई सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत पठाइएको थियो ।
भीमेश्वर मन्दिर व्यवस्थापन समितिले दिएको महाप्रसाद गृह मन्त्रालय पठाइएकोमा आदेश अनुसार सिधै राष्ट्रपति कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद अधिकारीले बताए । दोलखा प्रशासनका कर्मचारी राजकुमार गौतमको हातमा पत्रसाहित जाहेर गरेको महाप्रसादसहितको पत्र सचिव गणेश ढकालले सोमबार साँझ राष्ट्रपति रामवरण यादवसमक्ष पढेर सुनाएका थिए ।
त्यसपछि राष्ट्रपतिले २ हजार ५ सय पुजाखर्च खामबन्दी गरेर दोलखा प्रशासनका कर्मचारी राजकुमार गौतमको हातमा दिएको सहायक प्रजिअ अधिकारीले बताए । राष्ट्रपतिले क्षमापूजाको लागि पठाउनुपर्ने जोर बोका भने गृहसचिवलाई व्यवस्था गर्न आदेश दिएका छन् ।
राजसंस्था रहेका बेला भीमेश्वर पसिना आएपछि विक्रम सम्बत् १९९० पछि कपास र फुलपाती राजदरबार पठाइने चलन थियो । २०६४ सालमा आएको पसिनाको महाप्रसाद भने तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई पठाइको भीमेश्व व्यवस्थापन समितिका कोषाध्यक्ष भरत श्रेष्ठले बताए ।
स्थानीयले राष्ट्रप्रमुखलाई महाप्रसाद पठाइने निर्णय गरेका हुन् । उनीहरुको भेलाले यसपटक आएको पसिना पहिलेपहिले भन्दा फरक अर्थात सहश्र धाराकै रुपबाट आएकाले स्थानीयवासीको तर्फबाट पनि  क्षेमापुजा गरिने निर्णय गरिएको छ ।
जिल्ला प्रशासनको तर्फबाट सोमबार विहानै साहायक प्रजिअ अधिकारीसहितले जोर नरिवलसहितको सामाग्रीबाट क्षमापूजा गरिएका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>