धेरै समय सुत्ने बच्चा पढ्नमा कमजोर
Posted by
purwanews
Published on
Sunday, December 8, 2013
लण्डन – लामो समयसम्म सुत्ने बच्चाको दिमागमा असर पर्ने एउटा अनुसन्धानले देखाएको छ। सुत्ने बानी र दिमागको सम्वन्धको बारेमा गरिएको एक सर्वेक्षणले यस्तो देखाएको हो। सात वर्ष उमेर ससूहका ११ हजार भन्दा बढी बच्चाहरुलाई वेलायतमा गरिएको अध्ययन भन्छ, जुन बच्चाको रातमा सुत्नेको कुनै नियमित समय छैन र रातको नौ बजे पछि सुत्छ उ र अझ गणितमा कमजोर हुन्छ।
निद्राको कमीले शरीरको क्षमता विगार्न सक्छ र सिकाइको क्रममा दिमागको क्षमतामा नराम्रो असर पार्छ। पहिला चार वर्ष, फेरि पाँच वर्ष र त्यसपछि सात वर्षको उमेरका बच्चाको क्षमता बारे जानकारी दिएका छन्।
लामो समय सुत्ने बानीले बालकको भन्दा बालिकालाई असर गर्ने देखिएको छ। राम्रो दिनचर्याले बच्चाको लागि खास महत्व राख्छ। बाल्यकालमा सुताइको सही समय तय गर्नु सबै भन्दा महत्वपूर्ण हुन्छ। लामो समय या अनियमित समयमा सुत्ने बच्चाहरु धेरैजसो गरीब परिवारका रहने गरेका छन्।
प्रतिक्रिया दिनुहोस् >>