सुधारगृहको निर्माण सम्पन्न
Posted by
purwanews
Published on
Monday, December 9, 2013
विराटनगर । दुग्ध विकास संस्थान नजिकै खोल्न लागिएको क्षेत्रीयस्तरको बाल सुधारगृहको निर्माण कार्य सम्पन्न भएको छ ।
बाल सुधारगृहका लागि स्थानीय समाजसेवी गणेशी राजवंशीले लगभग रु दुई करोड मूल्य बराबरको एक बिघा जग्गा निःशुल्क उपलब्ध गराएका छन ।
बालबालिकाले त्रुटि गर्न सक्छन् तर अपराध गर्दैनन् मान्यताका साथ निर्माण भएको उक्त सुधारगृहमा हाल १६ वर्ष मुनिका ४८ जना बालक रहेको सुधारगृह प्रशासक सुवास सुवेदीले जानकारी दिए । सुधारगृहमा प्रशासनिक भवन, पाँचकोठे विद्यालय, खेल मैदान र दुईतले आवासगृह रहेको बताइएको छ ।
नेपाल सरकार, कारागार विभाग र गैरसरकारी संस्था–युसेपको संयुक्त साझेदारीमा सञ्चालन हुने उक्त सुधारगृहको निर्माणमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले रु ५० लाख सहयोग गरेको युसेपका अध्यक्ष बालकृष्ण निरालाले बताए ।
पाँचवटै विकास क्षेत्रमा बाल सुधारगृह निर्माण गर्ने लक्ष्य लिएको सरकारले मध्यमाञ्चलका लागि सानोठिमी र पश्चिमाञ्चलका लागि कास्कीमा यस्ता सुधारगृहको निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस् >>