सङ्खुवासभाको माथिल्लो क्षेत्रमा हिमपात
Posted by
purwanews
Published on
Saturday, December 14, 2013
सङ्खुवासभा- जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। हिमपातपछि चिसोका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। गुफापोखरी, मङ्गलबारे, चौकी लगायतका स्थानहरुमा हिजो रातीबाटै हिउँ परिरहेको स्थानीयहरुले बताएका छन्।
चिसोका कारण मानिसहरु घरभित्रै बस्न बाध्य भएको गुफापोखरीकी स्थानीय शिक्षिका हिमा खनालले बताईन्। पाखा र चउर हिउँले ढाकिएपछि गाईबस्तु लगायतलाई चरनमा समस्या भएको छ।
हुस्सु लागेर एक्कासि चिसो बढेकाले तल्लो क्षेत्रको जनजीवन पनि प्रभावित छ। बजारका मानिसहरु पनि चोक र टोलमा आगो तापेर बसिरहेका छन्।
प्रतिक्रिया दिनुहोस् >>