पूर्वका युवाले यात्रु चढाउने नाममा रकम असुल्दै
Posted by
purwanews
Published on
Sunday, December 15, 2013
धरान, यात्रु चढाएको नाममा पूर्वका एक दर्जनभन्दा बढी चोकमा युवाले बसहरुबाट पैसा असुली गरिरहेका छन् । यात्रुको सङ्ख्या हेरी १० देखि ५० रुपैयाँ सम्म रकम असुल्ने कार्यमा युवा संलग्न छन् तर डरका कारण बस व्यवसायीहरु प्रतिकारमा ओर्लिंदैनन् ।
इटहरीबाट शुरु भई काँकडभिट्टा पुग्ने प्रायःजसो सबै चोकमा युवाले यात्रु चढाएको नाममा रकम असुल्ने गरेको संलग्न बसका कण्डक्टरहरु बताउाछन् । पैसा नदिए झगडा गर्ने र लफडामा परिने डरले उनीहरु मुख खोल्दैनन् । ‘के गर्नु?, पैसा नदिए झगडै गर्छन्’, नाम नखोल्ने शर्तमा एक कण्डक्टर भन्छन्, ‘दिनै पर्यो ।’ गाडी मालिकहरुले पनि यस्ता युवालाई निरुत्साहित पार्न कुनै गतिलो कदम नउठाउने गरेको उनले जनाए । एक दर्जनभन्दा बढी स्थानमा यसरी रकम दिादा कहिलेकाहीँ तेलसम्म हाल्न नपुग्ने अवस्था हुने गरेको ती कण्डक्टरले बताए ।
सरकारले २०६४ सालमा नै सिण्डिकेट प्रथा खारेज गरे पनि युवाहरु अझै त्यस्ता चोकमा अड्डा जमाएर पैसा असुल्ने कार्यमा संलग्न छन् । त्यस्ता युवालाई प्रशासनले पनि कारवाही नगर्दा बस व्यवसायीहरु मारमा परेका छन् । व्यवसायीहरुले पनि खतरा मोल्न नचाहेकै कारण युवाहरुको मनोमानी दिन प्रतिदिन बढ्दो छ । बस व्यवसायीहरु प्रशासनलाई उजुरबाजुर गर्न पनि हिच्किचाउाछन् । यसका कारण पनि यात्रु चढाएकै नाममा युवाको रकम असुल्ने प्रवृत्ति मौलाउादो छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोशी अञ्चल संयोजक सरोज श्रेष्ठले यात्रु चढाउने नाममा गुण्डागर्दी बढेको र यसले आर्थिक रुपमा प्रत्यक्ष असर पुर्याएको बताए । उनले प्रहरी प्रशासनले पनि यस्ता गुण्डागर्दी रोक्न सक्दो सहयोग गर्नुपर्ने धारणा राखेका छन् । धरान–काँकडभिट्टा तीन सयभन्दा बढी बस ओहोरदोहोर गर्छन् । कोशीमा मात्रै पूर्वाञ्चल यातायात व्यवसायी सङ्घ, कोशी बस व्यवसायी सङ्घ, संयुक्त बस व्यवसायी सङ्घ, सप्तकोशी बस व्यवसायी सङ्घका नाममा गाडीहरु गुड्छन् भने मेचीमा मेची बस व्यवसायी सङ्घ, मेची यातायात सङ्घ, पूर्वाञ्चल यातायात सङ्घ, कन्काई यातायात सङ्घ र पूर्वी नेपाल यातायात व्यवसायी छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी नवराज सिलवालले प्रहरीसामु व्यवसायीहरु गुनासो लिएर आए त्यस्ता युवाका समूहलाई तत्काल कारवाहीको दायरामा ल्याउने जनाए । आफूले त्यस्ता स्थानमा निगरानी बढाउादै कारवाही अघि बढाउदै त्यस्ता समूहले प्रतिगाडी दैनिक ८–९ सय रुपैयाँ सम्म आर्थिक हानी गरेकोले त्यस्तालाई प्रशासनले तत्काल निगरानी गर्दै कारवाहीको दायरामा ल्यानेउनले आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस् >>