चिसोका कारण किशोरीको मृत्यु
Posted by
purwanews
Published on
Tuesday, December 17, 2013
बारा, बाराको को सपही -२ बगेवा टोलस्थित पिपलको रुखमुनी चिसोले कठ्याङ्ग्रिएर एक किशोरीको शव मृत अवस्थामा फेला परेको छ ।
नाम र थर खुल्न नसकेकी ति किशोरी अन्दाजी १४ -१५ वर्षीया रहेको कोल्हवी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुकुन्दराज खरेलले जानकारी दिएका छन् ।
किशोरीको मृत्यु चिसोले कठयाङग्रीर हुनसक्ने प्रहरीको अनुमान छ । उनको शव मंगलबार बिहान पौने नौ बजे फेला परेको हो । स्थानीय बासिन्दाका अनुसार ति किशोरी गाउँमा डुलेर माग्दै खाने मगन्ते भएको जानकारी दिएका छन् ।
किशोरीको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल तर्फ लगिएको प्रहरी निरीक्षक खरेलले बताए । घटना कलैया सदरमुकामबाट करिब २० किलोमिटर उत्तर-पूर्वमा पर्दछ । बारामा दुईदिन यत्ता निकै चिसो बढेको छ ।
प्रतिक्रिया दिनुहोस् >>