हलिउड अभिनेता ‘फास्ट एन्ड फ्युरियस’को निधन
Posted by
purwanews
Published on
Sunday, December 1, 2013
चर्चित हलिउड सिनेमा ‘फास्ट एन्ड फ्युरियस’का अभिनेता पउल वाकरको उत्तरी लस एन्जलसमा भएको कार दुर्घटनामा निधन भएको छ। उनी ४० वर्षका थिए। उनका निकटवर्ती एम भान आडेनका अनुसार शनिबार दिउँसो उनी दुर्घटनामा परेका हुन्।
साथीको कारमा चढेर एउटा च्यारिटीमा सहभागी हुन गइरहेका बेला वाकर दुर्घटनामा परेको समाचार एजेन्सी एपीले उनको फेसबुक पेजलाई उद्धृत गर्दै लेखेको छ।
वाकर निधनअघि ‘फास्ट एन्ड फ्युरियस’ सिनेमा सिरिजको अर्को भागमा काम गरिरहेका थिए। उनी यही महिना
रिलिज हुन लागेको सिनेमा ‘आवर्स’मा पनि मुख्य अभिनेता थिए।
प्रतिक्रिया दिनुहोस् >>
