इटहरीमा अख्तियारको क्षेत्रिय कार्यालय : दुई सय उजुरी

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालयले पुर्वमा दुई सय वटा उजुरी छानविनको प्रक्रियामा रहेको जनाएको छ ।
सुनसरीको इटहरीमा भर्खरै क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरेको कार्यालयले दिएको जानकारी अनुसार विभिन्न संस्था, स्थानिय निकाय, उद्योग तथा विकास निर्माण कामसँग सम्बन्धित दुई सय उजुरीको फाइल बनेको र अनुसन्धानको क्रममा रहेको छ ।
भ्रष्टाचार नियन्त्रण गर्ने र सरकारी कार्यालयको अनियमितता, चुहावट भए नभएको अनुगमन गरी काम कारवाहि प्रभावकारी रुपले संचालन गर्नका लागि इटहरीलाई केन्द्र विन्दु बनाएर आयोगको क्षेत्रिय कार्यालय स्थापना गरिएको आयोगका क्षेत्रिय प्रमुख हरिराज पन्तले जानकारी दिएका छन् ।
कार्यालयमा एक सह–सचिव सहित तिन उप–सचिव, १२ शाखा अधिकृत नासु १२, एक प्रहरी निरीक्षकसहित १० जना प्रहरी, वकिल, इन्जिनियरलगायतका जम्मा ४४ जना कर्मचारीहरु छन् । उनले यस क्षेत्रका स्थानिय निकायहरु जिविस, नगरपालिका, गाविस, वन कार्यालय, पालपोत कार्यालय, सडकलगायतका कार्यालयमा अनियमितता भएका उजुरी परेको भन्दै आयोगले छानविन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>