मोती दुगडले भित्र्याए रेडिमेड सभासद्
Posted by
purwanews
Published on
Saturday, November 30, 2013
विराटनगर/संविधान सभा निर्वाचनमा एउटै पनि सिट जित्न नसकेको उद्योगपती मोती दुगडको पार्टी नव नेपाल निर्माण पार्टीले बनिबनाउ सभासद भित्र्याउने भएका छन् । महोतरी क्षेत्र नं. ४ मा स्वतन्त्र उम्मेदवारी दिएर विजय भएका चन्देश्वर झा आउने भएपछि नव नेपाल निर्माण पार्टी समेत संविधानसभामा जाने नयाँ पार्टी बनेको छ ।
स्वतन्त्रबाट जितेर चर्चामा रहेका झा र नव नेपाल निर्माण पार्टीका अध्यक्ष मोती दुगडले शनिवार पत्रकार सम्मेलन गरी पार्टीमा प्रवेश गर्ने बताए । झाले केही दिन पछि आफना मतदाताहरु समक्ष छलफल गरी प्रवेश गर्ने बताए । उनले मोती दुगड र आफुले अघि सारेको योजना एउटै भएकाले पार्टीमा आउन लागेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस् >>