आचारसंहिता उल्लंघन गर्ने होडबाजी , मौन अबधिमा पनि प्रचार प्रसार

 अजित कुमार झा / इनरुवा

शनिवार राति देखि सुरु भएको मौन अबधिलाइ केहि राजनितीक दलका उमेदवार हरुले उलङ्गन गर्दै आइतवार पनि चुनाबी प्रचार प्रसारलाई निरन्तरता दिएका छन ।

सुनसरीमा राजनीतिक दलहरुले आचारसंहिता विपरित गर्दै आएको कार्यलाई जारी राखेको पाइएको हो  । आइबार एकिकृत नेकपा माओवादीले धरान र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले तनमुना गाविसमा चुनावि सभा गरेको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

 मौन अवधिमा कुनै पनि दलले ब्यानर, झण्डा र मञ्च बनाएर कार्यक्रम गर्न नपाउने नियम भए पनि त्यसको विपरित फोरम लोकतान्त्रिकले तनमुनामा गरेको कार्यक्रममा प्रहरीले हस्तछेप गरेको छ।  धरानमा एमाओवादीले टि-सर्ट वितरण गरेको उजुरी निर्वाचन कार्यालयमा परेको छ । दुबै उजुरी माथि सुनुवाई गर्दै कारवाहीको लागि स्पष्टिकरण सोधिएको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद भट्टराईले जानकारी दिए ।

सुनसरीमा परेका उजुरीहरु सबै मौखिक रहेको बताइएको छ । निर्वाचन आयोगले आचारसंहिता विपरित काम गर्ने दललाई कारवाही गर्ने, १ लाख रुपैयाँ सम्म जरिवाना तिराउने र उम्मेदवारी खारेज गर्ने भनिए पनि त्यसको व्यवहारिक कार्यान्वयन  नभएको कारण आचारसंहिता उल्लंघनको घटना बढदै गएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>