' बदर हुने मत संख्या बढ्ने '
Posted by
purwanews
Published on
Monday, November 18, 2013
विगतको संविधानसभा निर्वाचनको तुलनामा यसपटक दल तथा उम्मेदवारहरुको संख्या र मतपत्रको आकार ठूलो भएकाले बदर हुने मतको संख्या बढ्न सक्ने चिन्ता विज्ञहरुले व्यक्त गरेका छन्।
निर्वाचन आयोगले भने विगतमा धैरै मत बदर भएका जिल्लाहरुमा यसपटक विशेष अभियान गरिएको भन्दै त्यस्तो मतको संख्यामा कमी आउने अपेक्षा गरेको छ।
यसपटक दलहरुको संख्या २०६४ को तुलनामा दुई गुणाभन्दा बढी छ भने पहिलो हुनेले जित्ने तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा उम्मेदवारहरुको संख्या ७ हजार भन्दा धेरै छ।
संख्यामा वृद्धिसंगै यसपटक मतपत्र पनि विगतको भन्दा लामो र ठूलो बनेको छ।
पूर्व निर्वाचन आयुक्त उषा नेपाल जस्ता विज्ञहरु त्यसलाई बदर मतको संख्या बढ्न सक्ने सूचकका रुपमा व्याख्या गर्छन्।
“यसको कारण के भने धेरै उम्मेदवार तथा दल अटाउन मतपत्रको आकार लामो हुने भयो र त्यसले गर्दा छाप लगाउने कोठा झन सानो हुने भयो,” नेपालले बताइन्।
पहिलो संविधानसभा निर्वाचनमा खसेको करिब ६२ प्रतिशत मतमध्ये औसतमा ५ प्रतिशतभन्दा केही ज्यादा बदर भएको थियो।
कतिपयमा मतदाता शिक्षाको कमी हुनु, चुनाव चिन्हरु मिल्दोजुल्दो हुनु तथा स्वस्तिक छापको मसी लतपतिनु जस्ता कारणले पनि मतहरु बदर भएको विज्ञहरु ठान्छन्।
यसरी मतहरु बदर हुंदाको प्रभाव के हुन सक्छन्?
पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ भन्छन्, “प्रत्यक्ष निर्वाचनमा त एउटै भोटले
यस्तै महत्व बुझेर नै आफूले विगतमा धेरै मत बदर भएका २२ जिल्लाका ७२ निर्वाचन क्षेत्रमा यसपटक विशेष मतदाता शिक्षा अभियान चलाएको निर्वाचन आयोगले जनाएको छ।
त्यसैले पनि यसपटक बदर मतको संख्यामा कमी आउने निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ्गको अपेक्षा छ।
“विगतमा ल्याप्चे लगाएको अनि दुईमध्ये एउटा मतपत्रमा छापै नलगाएको जस्ता समस्या देखिएका थिए। त्यसैले धेरै मत बदर हुन नदिनका निम्ति हामी लागिरहेका छौं,” गुरुङ्गले बताए।
निर्वाचन आयोगको यस्तो प्रयास कतिको सार्थक हुन्छ भन्ने कुरा चाहि मंसिर ४ को निर्वाचनपछि प्रष्ट हुनेछ।
प्रतिक्रिया दिनुहोस् >>