' काग्रेसले बहुमत ल्याए मात्र संबिधान बन्छ ' : कोइराला


अनिष विष्ट / संखुवासभा
मंसिर ४ को निर्बाचन नजिकिदै गएकाले नेपाली जनताहरुले नेपाली काग्रेसलाई बहुमतले जिताए निर्वाचन भएको एक बर्षभित्र नेपाली जनताहरुले लोकतान्त्रिक संविधान पाउने नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले दाबी गरे । आज संखुवासभाको चैनपुरमा आयोजना भएको चुनाबीसभालाई सम्बोधन गर्ने क्रममा कोइरालाले सो कुरा बताएका हुन ।

नेपाली जनताको मत हाल्ने अधिकारलाई अब कसैले कुन्ठित गर्न नसक्नै बताउदै उनले मुलुक चुनाबमय भईसकेकोले जुनसुकै हालतमा भएपनि अब निर्वाचन भएरै छाड्ने कोइरालाले ठोकुवा गरे । काग्रेसले बहुमत ल्याए मात्र नेपाली जनताको हितमा संबिधान बन्ने समेत कोईरालाको दावी छ ।

चैनपुरमा काङ्ग्रेस क्षेत्र नं.२ का क्षेत्रीय समितिले आयोजना गरेको सभालाई सम्बोधन गर्दै कोइरालाले चुनाव बहिष्कार गर्नेहरुलाई जनताले नै बहिष्कार गर्ने बताए । मुलुकका लागि आफुहरुले पटक–पटक जेल–नेल व्यहोरेको चर्चा गर्दै जनताप्रति काग्रेस अत्यन्त जिम्मेवार रहेको उनी बताउछन  ।

सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गगन थापाले काग्रेसको सभासद सङ्ख्या अर्थात सिट कम भएकै कारणले यसअघि संविधान बन्न नसकेको बताए । अब भने काग्रेसले दुई तिहाई बहुमत ल्याउने र सबैले जितेको महशुस हुने संविधान निर्माण गरिछाड्ने
 ।
काठमाडौं ४ का उम्मेदवार समेत रहेका थापाले एमाले र एमाओवादीले आफुहरुलाई गरिबको पार्टी भनेर सबैलाई सधैं गरिब बनाई राख्न चाहेको आरोप लगाए ।  आफ्नो राजनीति समाप्त हुने भयले सबैलाई गरिबीको रेखामुनि राख्न चाहेको थापाको   तर्क थियो ।
संखुवासभा क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेदवार दिपक खड्का र समानुपातिक उम्मेदवार थलकुमार लिंखा कार्यक्रममा बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>