' धरानमा नै नभएको चुनावी सभा गर्ने ' : काग्रेस

धरान । सुनसरी क्षेत्र नम्बर १ को विकासका र लोकतान्त्रिक संविधान निर्माणका लागि नेपाली काग्रेसलाई
जिताउनु पर्ने धरानमा आयोजित काग्रेसको कोण सभामा बताइएको छ । नेपाली कँग्रेसले संविधान सभाको निर्वाचन आउन ६ दिन मात्र बाकी रहदा आफ्नो चुनावी अभियानलाई तिव्रता दिदै आज वृहत्त मोटर साइकल ¥याली सहित धरानको भानुचौकमा कोण सभा गरेको छ ।
कोण सभामा सम्बोधन गर्दै नेपाली काग्रेसका सुनसरीका जिल्ला सचिव केदार भण्डारीले एमाओवादी, एमाले लगायतका कम्युनिष्टहरुले जनतालाई चुनावका बेलामात्र आस्वासन दिने र जितेर गएपछि नचिन्ने बताए ।उनले कम्युनिष्टहरुको सत्ता लिप्साका कारण मुलुक विकास हुन नसकेको भन्दै भण्डारीले नेपाली काग्रेसले मात्र विकास र लोकतान्त्रिक संविधान निर्माण गर्ने दाबी गरे ।

धरानस्थित पब्लिक हाइस्कुलको खेल मैदानबाट दिउसो १ बजे सुरु काग्रेसको ¥याली छाता चौक हुदै जिरो प्वाइन्ट, स्टेडियम, मंगलबारे, रिटिङ बस्ती, विपी गेट, यलम्बर पार्क, पुरानो ट्राफिक प्रहरी कार्यालय हुदै भानुचौकदेखि आप गाछि  हुदै छाता चौक पुगेको थियो  । छाताचौकबाट सदनस्कुल, पीण्डेश्वर, माथिल्लो देउराली, पाचकन्याको स्कुल डाडा, खोरिया बस्ती, वरगाछि हुदै भानुचौकमा आएर कोण सभामा परिणत भएको  काग्रेसका धरान नगरसभापति किशोर राईले जानकारी दिए  । मोटरसाइकल ¥यालीमा १४ सय ७३ मोटरसाइकल रहेको काग्रेस सुनसरी १ नम्बर क्षेत्रीय सचिव सुजेन्द्र तामाङले बताए  ।

काग्रेसले भोलि बिहान १ बजेदेखि धरानको भानुचौकमा वृहत्त चुनावी सभा गर्ने जनाएको छ । उसले अहिलेसम्म धरानमा नै नभएको चुनावी सभा गर्ने पनि दावी गरेको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>