सशस्त्रका पाँच एआइजी पाँच क्षेत्रमा

सरकारले विशिष्ट श्रेणीका सचिवहरुलाई निर्वाचनको स्थलगत निरीक्षणमा खटाएलगत्तै सशस्त्र प्रहरी बलले पनि
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुलाई विभिन्न निर्वाचन क्षेत्रमा निरीक्षणका लागि खटाएको छ। सशस्त्र प्रहरीका ५ जना एआईजी वुधबारसम्ममा क्षेत्रीय स्तरको निरीक्षणमा खटिएका छन्।

नेपाल प्रहरीमा भने अहिले विशिष्ट श्रेष्णीका एआईजी स्तरका एक जनामात्र प्रहरी अधिकृत भएकाले प्रधान कार्यालयबाट क्षेत्रको निरीक्षणका लागि खटाउन नसकिएको गृह मन्त्रालयका एक जना सहसचिवले बताए।

निर्वाचन क्षेत्रको निरीक्षण तथा सशस्त्र प्रहरीको परिचालन सम्बन्धमा स्थलगत निरीक्षणका लागि पूर्वाञ्चलनमा
एआईजी दुर्जकुमार राई, मध्यमाञ्चलमा एआईजी सुशीलकुमार श्रेष्ठ, पश्चिमाञ्चलमा एआईजी कृष्णकुमार तामाङ, मध्य पश्चिममाञ्चल क्षेत्रमा एआईजी ठाकुरमोहन श्रेष्ठ र सुदुर पश्चिम क्षेत्रमा एआईजी जीवनकुमार थापालाई खटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सिंहबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार सबै जना एआईजीहरु बुधबारसम्ममा आ–आफनो निर्वाचनमा पुगी जिम्मेवारी सम्हालिसकेका छन्।

सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले सबै एआईजीलाई क्षेत्रमा पुगेर सशस्त्र प्रहरी बलको परिचालन, सुरक्षा योजना, अन्तर सुरक्षा संयोजन लगायतका विषयमा निरीक्षण र तत्काल अपनाउनुपर्ने सुरक्षा रणनीतिका लागि सुझाव दिन खटाइएको समेत प्रवक्ता श्रेष्ठले बताए। उनीहरुले दिएको सुझाव अनुसार निर्वाचनका क्रममा थप सुरक्षा नीति बन्ने र फौजको परिचालन हुने जानकारी समेत दिइएको छ।

त्यसैगरी सशस्त्र प्रहरी बलको क्षेत्रीय रिर्जवका रुपमा काम गर्न तथा बलको क्षेत्रीय स्तरका बाहिनीलाई मद्धतका लागि ‘फ्लाइङ स्क्वाइड’ का रुपमा परिचालित भई काम गर्न सशस्त्र प्रहरी बलका एसएसपीको कमानमा क्षेत्रमा खटाइएको छ। त्यसअनुसार पूर्वाञ्चलमा एसएसपी चिरन्जीवी अधिकारी, मध्यमाञ्चलमा कृष्णबहादुर थापा, पश्चिमाञ्चलमा नागेन्द्र थापा, मध्यपश्चिमाञ्चलमा सुरज श्रेष्ठ र सुदुर पश्चिम क्षेत्रमा गोपाल मिश्रलाई खटाएको छ। काठमाडौंमा भने खटाउन बाँकी छ।

‘फ्लाइङ स्क्वाइड’ लाई सम्बन्धित निर्वाचन क्षेत्रको सुरक्षा अवस्था कस्तो छ, फिल्डमा आवश्यक सामान पुगेको छ कि छैन, सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुको आचरण व्यवहार कस्तो छ र उनीहरुको मोराल कस्तो छ र त्यसका आधारमा थप सुरक्षा गतिविधिमा सघाउ पुर्याउनेजस्ता जिम्मेवारी दिइएको छ। ‘फ्लाइङ स्क्वाइड’ निर्वाचनका सम्पूर्ण कार्यक्रम पूरा नहुँदासम्म क्षेत्रमै विभिन्न गतिविधिमा सक्रिय हुने छ । ‘फ्लाइङ स्क्वाइड’ लाई क्षेत्रमा कुनै पनि सशस्त्र प्रहरीले संगठनको नीति विपरित आचरण गरेमा स्थलगत रुपमा कारबाही गर्न सक्ने सम्मको जिम्मेवारी दिइएको छ।

सशस्त्र प्रहरीले विभिन्न ६४ जिल्लामा ३१ हजार ७ सय ८० सशस्त्र प्रहरीलाई खटाएको छ। निर्वाचनलाई लक्ष्यित गरेर केन्द्रीय रिर्जव, क्षेत्रीय रिर्जव, जिल्ला निर्वाचन सुरक्षा बेस, निर्वाचन क्षेत्र सुरक्षा बेस र अति संवेदनशील निर्वाचन क्षेत्रहरुमा ५–६ वटा मोवाइल टोली तयारी हालतमा राखिएको सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।nagarik


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>