बालकृष्ण ढुंगेललगायत ८३ जनाको उम्मेद्वारी रद्ध
Posted by
purwanews
Published on
Wednesday, November 6, 2013
काठमाडौं l निर्वाचन आयोगले एमाओवादीका समानुपातिक उम्मेदवार बालकृष्ण ढुंगेल लगायत ८३ जनाको उम्मेदवारी रद्द गरेको छ।
समानुपातिकका उम्मेदवारहरुबीच परेको उजुरीको छानविनपछि आयोगले बुधबार ढुंगेल र राष्ट्रिय मुस्लिम आयोगमा सदस्य रहेकी उशा शाह फकिरको उम्मेदवारी रद्द गरेको छ । 'ढुंगेललाई सर्वोच्च अदातलबाट ज्यानसम्बन्धी दोषी ठहर गरकाले आयोगले संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७० बमोजिम उम्मेदवार हुन अयोग्य देखिएकाले उम्मेदवारी रद्द गरी उनको नाम समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाएको छ ।
आयोगले दिएको जानकारी अनुसार एमानुपातिक निर्वाचन प्रणाली अन्तरगत एमाओवादीका २ सय ३३ जना मात्र उम्मेदवार भएका छन् ।
एमालेका समानुपातिक उम्मेदवार रामकुमारी झाँक्रीले सर्वश्वसहित जन्मकैदको सजाय पाएका ढुंगेल उम्मेदवारका लागि अयोग्य भएको दावी गर्दै उजुरी दिनु भएको छ । सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा सर्वोच्चले ढुंगेललाई जन्मकैदको सजाय सुनाएको थियो ।
यस्तै राष्ट्रिय मुस्लिम आयोगमा सदस्य रहेकी फकिरविरुद्ध मोहम्मद जाकिर हुसैनको तर्फबाट आयोगमा उजुरी परेको थियो । सरकारी सुविधा लिइरहेको हुँदा फमिरको उम्मेदवारी रद्द गरिएको आयोगले जारी विज्ञप्तिमार्फत उल्लेख छ ।
आयोगमा उजुरी परेका माओवादीकै धनमाया विक खनाल, हरिराम श्रीपाइली र अनिताकुमारी परियार, लिग नेपाल शान्ति एकता पार्टीका उम्मेदवार विमला लक्ष्मी शाह र समाजवादी जनता पार्टीका रिता थापामगरको उम्मेदवारी भने कायमै रहेको जानकारी आयोगले दिएको छ ।
आयोगका अनुसार दलहरुले पेश गरेको बन्द सूचीमा समावेश भएका उम्मेदवार मध्ये ८३ जनाको नाम मतदाता नामावलीमा नाम समावेश छैन । यस्तै नपुगेका उम्मेदवार १ सय ४८ भन् भने १९ जनाको नाम प्रत्यक्ष र समानुपातिक दुबैमा छ । ८२ जनालाई एक भन्दा बढी राजनीतिक दलले समानुपातिकको बन्दसूचीमा राखेका छन् ।
सम्बन्धित दल र उम्मेदवारलाई आफ्नो भनाइ पेश गर्न २०७० साल कात्तिक २४ गतेसम्मको मौका दिइएको छ । अयोग्य उम्मेदवारको उम्मेदवारी आयोगले निर्वाचन पूरा नहँुदै जुनसुकै अवस्थामा पनि रद्द गर्नसक्ने व्यवस्था रहेको छ । त्यस्ता उम्मेदवारको उम्मेदवारी रद्द गर्नुअघि सम्बन्धित दल र उम्मेदवारलाई आफ्नो भनाइ पेश गर्ने मनासिव मौका दिनुपर्ने व्यवस्था रहेअनुसार सम्बन्धित दल र उम्मेदवारलाई पत्राचार गरिएको समेत आयोगले जनएको छ ।
प्रतिक्रिया दिनुहोस् >>