सुनसरीमा असुरक्षा बढदै

धरान–सुनसरी जति जति संविधान सभाको निर्वाचन नजिकदै छ त्यतिनै सुनसरीमा असुरक्षा बढदै गएको छ।
सुनसरीमा अहिले सम्म २ वटा गोली हान्ने असफल प्रयासका घटना घटेका छन् भने सुन

सरीका ४ ठाउमा नक्कली वम राखिएर आतंकीत बनाईएको छ ।

दुई उम्मेदवारको गाडीमा आगजानी भएको छ । सुनसरीमा सुरक्षा अवस्था मजवुद भएको वताईरहदा  यस्ता श्रीखलावद्ध घटनाले सुनसरीवासी त्रसित भएका छन् । सुनसरीमै नेपाली सेनाको पुर्वी पृतना हेडक्वाटर, शसस्त्र प्रहरीको पकली वाहिनी, कोशी अञ्चल प्रहरी कार्यालयल छन् । तर पनि दिनानुदिन अपराधिक गतिविधि वढीरहेको छ । आज मात्रै एकीकृत नेकपा माओवादी पार्टी कार्यालय सुनसरी र नेकपा एमाले सुनसरी क्षेत्र न.ं ६ का उम्मेदवार भिम अचार्यको घरमा विहान शंकास्पद वस्तु देखिने माटोको डल्लो राखी आतंकित बनाउने प्रयास भएको छ ।

इनरुवा ३ स्थित एकिकृत नेकपा माओवादी पार्टीको जिल्ला कार्यालय भवन र मधेशा ९ स्थित एमाले क्षेत्र न.ं ६ का उम्मेद्वार भिम अचार्यको घरको मुल गेटमा माटोको डल्ला राखी आतंकित बनाउजे प्रयास भएको हो । शंकास्पद वस्तु बनाइ सर्वसाधारणलाइ आतंकित बनाउन खोजिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बम डिस्पोजल टोलीले बम नभएर माटोको डल्लो भेट्टाएको बताईएको छ । केही दिन अघि सुनसरीकै धरान १५ मा रहेको एमाओवादीको कार्यालयमा संकास्पद वस्तु भेटियो भने उता सुनसरी सदरमुकाम ईनरुवामा रहेको निर्माण व्यावसायी संघको गेटमा पनि संकास्पद वस्तु फेला परेयो । यी सवै संकास्पद वस्तुको नेपाली सेनाको वम डिस्पोजल टोलीले निष्कृय पारिएको छ ।

ती वस्तुहरु साच्चैको बम थिए की थिएन भन्ने सर्वसाधरणमा एक्किन भएको छैन । एमाओवादी सुनसरी १ र २ नं. क्षेत्रका उम्मेदवारहरुले प्रयोग गर्ने गाडीमा पनि आगजानी भयो । यी घटनाहरु सुनसरीमा श्रींखलावद्धरुपमा घटीरहेका छन् । तर पनि सुरक्षा निकायले कुनै पनि समुहलाई कार्वाही गर्न सफल भएको छैन । केही दिन अघि संघिय समाजवादी पार्टीका सुनसरी जिल्ला उपाध्यक्ष पारस काङमाङ राईलाई कन्चटमा पेस्तोलले ताकेर गोली हानियो ।

उनी गोली छलेर वच्न सफल भए । उहाले दिनुभएको किटानी जाहेरी अनुसार गोली हान्ने अपराधी अझै प्रहरीले पक्राउ गर्न सकेको छैन । त्यसैगरी आईतवार साझ धरानका पत्रकार गोपाल देवान माथि गोली हान्ने असफल प्रयास भयो । यसरी अपराधिक घटना सुनसरीमा मौलाईरहेको छ तर सुरक्षा निकाय मुकदर्शक भईरहेको छ । पुर्वकै तीन ठुला सुरक्षा केन्द्रहरु रहेको सुनसरी जिल्ला अहिले दिनानुदिन असुरक्षित बन्दै गईरहेको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>