धरानमा २३ औं विश्व मधुमेह दिवस दुइ दिन मनाइदै

सन्जिव वाग्ले / धरान
सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपालको विद्यार्थी च्याप्टरले 'केएचडिसि' संगको सहकार्यमा दुइ दिन सम्म विभिन्न स्वास्थ्य कार्यक्रमकासाथ २३ औं विश्व मधुमेह दिवस मनाउने भएको छ ।

च्याप्टरले मंगलवार धरानमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । बुधवार  सांझ ६ बजेदेखि भानुचौक स्थित धरान घण्टाघर परिसरमा 'ब्लु लाईटिङ' गर्ने च्याप्टरका 'प्रेसिडेन्ट' सागर पौडेलले बताए ।  बिहीवार  विहान १० बजे देखि भानु चौक स्थित लोकतान्त्रिक चौतारीमा निशुल्क रुपमा रगतमा मधुमेहको परिक्षण गर्ने, तौल नाप्ने, मधुमेह प्रति सचेतना, पम्प्लेटहरु वितरण गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए

मधुमेहले सबै उमेर समुहका ब्यक्तिलाई असर गर्न सक्ने भयतापनि ४० बर्ष कटेका ब्याक्तिलाई 'टाईप-२' प्रकारको मधुमेह हुने चिकित्सहरु बताउछन । पौडेलका अनुसार कुनै कारणले शरीरमा इन्सुलिनको मात्रा  कम भएर ग्लुकोज शरीरका कोष अथवा तन्तुको भित्र पस्न सक्दैन र  रगतमा सुगरको लेबल बढ्दा मधुमेह हुन्छ  । उनले भने, "मधुमेह रोग लाग्दा धेरै तिर्खा लाग्ने, छिटो छिटो सास फेर्ने, बारम्बार पिसाब आउने, दुब्लाउदै जाने, थकाई लाग्ने, बान्ता हुने गर्दछ ।" नियमित रुपमा हिडडुल गर्ने, नाच्ने, पौडी खेल्ने, साईकल कुदाउने क्रियाकलाप गरेमा उक्त रोगबाट बच्न सकिने पे्रसिडेन्ट पौडेलले बताउछन ।

सन २०१२ मा मधुमेहका कारण विस्वभर ४८ लाख मनिसको मृत्‍यु भएको अन्तराष्ट्रिय मधुमेह महासंघ (आइडिएफ) को तथ्याङकमा उल्लेख छ । नेपालमा सन २०१२ मा मात्र २० लाख मानिस मधुमेहको रोगी भएको 'आइडिएफ' तथ्यान्कले देखाउछ ।
मध्यम तथा निम्न आय भएका राष्ट्रमा यो रोग बढि मात्रामा हुने गरेको पनि अध्ययनहरुले देखाएको  छ । सन्तुलित आहारको कमी । समयमै सँक्रमणको उपचार नगर्ने । नियमित स्वाथ्य परिक्छ्यण् नगर्ने कारण बिकासउन्मुख राष्ट्रहरुमा मधुमेहको समस्या बढी देखिएको रिपोर्टहरुले देखाएका छन।

यस बर्षको  विश्व मधुमेह दिवसको  नारा  'भबिस्य बचाउ' भन्ने  रहेको छ  । 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>