कांग्रेसको चुनाबी अभियान तिब्र ,बुधवार वृहत मोटरसाइकल र्याली गर्ने
Posted by
purwanews
Published on
Tuesday, November 12, 2013
धरान / धरान १२ का एमाले कार्यकर्ता दिपक परियारको नेतृत्वमा संघीय समाजवादी पार्टी र स्वतन्त्रवाट गरी २६ जना कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई उम्मेदवार चन्द्र प्रसाद श्रेष्ठ र मिना सुब्बाले अविर र खदा लगाएर स्वागत गरेका थिए ।
उम्मेदवारद्धयले नवप्रवेशीहरुको विश्वासलाई कांग्रेसले मर्न नदिने प्रतिवद्धता व्यक्त गर्दै देश विकास र लोकतान्त्रिक संविधान निर्माणका लागि नेपाली कांग्रेसलाई जिताउन सकृय भूमिका निर्वाह गर्न अनुरोध गरेका थिए । नेपाली कांग्रेस धरान १२ का वडा सभापति प्रदिप शाक्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा क्षेत्रीय कार्यवाहक सभापति शुरेसमान श्रेष्ठ, नगर सभापति किशोर राई लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसले धरान १७ मा घरदैलो कार्यक्रम गरेको छ । धरान १७ स्थित रेलवे चौकमा भेला भई साकेला चण्डी को बाजा गाजा सहित नारा जुलुश गरी सयौंको संख्यामा घरदैलो गरेको कांग्रेस चुनाव प्रचार प्रसार संयोजक सुजेन्द्र तामाङले बताए । आजसम्म कुनैपनि पार्टीले यतिका वृहत घरदैलो नगरेको उनको दाबी छ । रेलवेमा भेला भएका वडावासीहरुलाई संवोधन गर्दै कांग्रेस उम्मेदवारद्धयले देश र जनतालाई अहिलेको विकराल अवस्थामा मुक्ति दिलाउन र लोकतान्त्रिक संविधान निर्माण गरी संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालाई संस्थागत गर्न नेपाली कांग्रेसलाई मत दिन आग्रह गरे ।
धरान १७ को एन्फा एकेडेमीको विकास, एयरर्पोट र बसपार्क निर्माणको लागि आफुहरु प्रतिबद्द रहेको उल्लेख गर्दै श्रेष्ठले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरी नेपाली कांग्रेसलाई दुई तिहाई बहुमतले विजय गराउन आग्रह गरेका छन ।
कांग्रेसले बुधवार वृहत मोटरसाइकल र्याली गर्ने भएको छ। नेपाली कांग्रेस क्षेत्र नं। १ ले २८ गते भानु चौकमा गर्ने चुनावी आमसभालाई सफल पार्न २७ गते १२ बजे पब्लिक माविको खेल मैदानवाट वृहत मोटरसाइकल र्याली गर्ने भएको छ । र्यालीमा एक हजार भन्दा बढीको संख्यामा मोटरसाइकल चालक कार्यकर्ताहरुले भाग लिने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>