' म गोर्खाहरुको सवाल संसदमा लैजाने छु ' : शर्मा
Posted by
purwanews
Published on
Wednesday, November 13, 2013
लन्डन / इलिङ तथा साउथहल एमपी वीरेन्द्र शर्माले गोर्खा माग बेलायती संसदमा लैजाने प्रतिवद्धताव्यक्त गरेका छन् ।
समान पेन्सन लगायत विभिन्न माग राखी प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट«िट नजिक आमरण अनसन बसिरहेका गोर्खा अभियन्ता ज्ञानराज राईलाई मंगलबार भेट्ने क्रममा विपक्षी लेवोर पार्टीका सांसद शर्माले उक्त प्रतिवद्धता जनाएका हुन् ।
‘बेलायतका लागि गोर्खाहरुको योगदान उल्लेखनीय छ, म यस सवाल निश्चित रुपमा संसदमा लैजाने छु’, शर्माको भनाई उधृत गर्दै सोलिसिटर राजु थापाले जनाए । शर्मा थापाकै पहलमा भूपू गोर्खाहरुको अनसन स्थल गएर बोल्ने पहिलो बेलायती सांसद हुन् । नेपाली समुदायसंग निकट रहेका शर्माले भूपू गोर्खाहरुको आमरण्ँ अनसनबारे अन्य सांसदहरुलाई समेत अवगत गराउने आश्वासन दिएका थिए । अढाइ दशकसम्म इलिङ काउन्सिलर एवं मेयरको अभिभारापछि लेवोर पार्टीका तर्फबाट दोश्रोपटक सांसद निर्वाचित भएका शर्मा प्रभावशाली राजनीतिज्ञ मानिन्छन् ।
उता, मंगलबार दिउसो नै राईलाई भेट्न अनसन स्थल पुगेका नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफूले उपप्रधानमन्त्री निक क्लेगसंग सम्पर्क गरि गोर्खा मागबारे अवगत गराएको र प्रतिउत्तरमा क्लेगले वार्ताका लागि सकारात्मक जवाफ दिएको बताएका छन् । १३ दिने रिले अनसन सकेर थालिएको आमरण अनसन सात दिन पुगिसक्दा पनि बेलायत सरकारले गोर्खाहरुलाई औपचारिक रुपमा केही प्रतिक्रिया दिएको छैन् ।
गोर्खा सत्याग्रह आन्दोलनका निर्देशक राई सात दिनयता भोकै आमरण अनसनमा छन् । उनको स्वस्थ्य नाजुक बन्दै गएको छ । शारिरीक रुपमा असक्त भइसकेका राईले आफना माग सुनुवाइ नभएसम्म आमरण अनसन जारी राख्ने अठोट गरेका छन् ।
यसअघि बेलायती रिटायर्ड चिकित्सक डा. टमी टिमोड्रयान र मानवअधिकारवादी बबी वाट्सन आमरण्ँ अनसनमा बसेपनि उनीहरुले निरन्तरता दिन सकेनन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले सेवा निवृत्त भूपू गोर्खाहरुका समस्या समाधानका लागि आङ्खनो सरकार वार्ता गर्न तयार रहेको लिखित प्रतिवद्धता जनाएपनि व्यवहारमा केही नगरेको भन्दै भूतपूर्व गोर्खाहरुले १३ भिसी विजेताको नाममा १३ दिनकै रिले अनसन सकेर आमरण अनसन थालेका हुन् । बेलायती सहकर्मीभन्दा तीन गुणा कम पेन्सन भएको बताउंदै आएका भूपू गोर्खाहरु समान पेन्सन, १८ नाघेका सन्तानलाई पनि आवासीय अधिकार, निशुल्क औषधीउपचार सुविधा, क्षतिपूति लगायत माग राखेर आन्दोलनरत छन् ।
प्रतिक्रिया दिनुहोस् >>