"बम राखेर आतंकित बनाउदैमा संविधानसभाको चुनाव सर्दैन " : आचार्य

धरान / सुनसरी क्षेत्र ६ बाट एमाले प्रत्यक्ष उम्मेदवार रहेका भीम आचार्यको मधेशा ९ सिकारी टोल स्थित घरमा राखिएको 'डेटोनेटर' सेनाले निस्कृय बनाएको छ ।

 आचार्यको घरको आंगनमा राखिएको डेटोनेटर वम आज विहान ५ बजे देखिएको आचार्यका श्रीमती निरा आचार्यले बताइन् ।
कालो प्लाष्टिकको पोकोमा  राखी सेतो कागजमा खतरा लेखेर छाडेको अवस्थामा बम फेला परेको थियो । चुनाव प्रचारमा प्रयोग गरिएको गाडि विष्फोट गराउने सुराक अघिल्लो दिन नै थाहा पाएपछि आफ्नो गाडि सदुरमुकाम इनरुवा स्थित प्रहरी कार्यालमा राखिएकाले घरमा बम राखेको हुन सक्ने श्रीमति  आचार्यले बताइन् ।

उनले आफुहरु मध्यराती सम्म घरमा नसुती बसेकाले आंगनमा त्यस्तो बस्तु नदेखिएपनि सवै सुतेपछि चुनाव विरोधीले बम राखेको हुन सक्ने बताइन् । बम कस्ले राखेको हो केही खुल्न सकेको छैन ।

एमालेका प्रमुख सचेतक समेत रहेका अचार्यले बम राखेर आतंकित बनाउदैमा संविधानसभाको चुनाव नरोकिने बताए । उनले भने "उनेद्वारको घरमा बम राखेर आतंकित बनाउदैमा संविधानसभाको चुनाव सर्दैन ।"   उनले चुनावको विरोध गर्ने अलोकतान्त्रिक तत्वले आफ्नो घरमा बम राखेर त्रसित बनाउन खोजेको बताए ।  सुनसरी सदरमुकाम इनरुवा स्थित एमाओवादीको पार्टी कार्यालयमा पनि राखिएको बम सेनाले निस्कृय बनाएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>