एमाले बुद्धिजीवी भेला सम्पन्न
Posted by
purwanews
Published on
Tuesday, November 12, 2013
एमाले सुनसरी क्षेत्र नं ६ ले क्षेत्रिय स्तरको बुद्धिजीवी भेला सम्पन्न गरेको छ ।भेलामा आगामी संविधानसधाको निर्वाचनमा बुद्धिजीवी वर्गको भूमिका र नेकपा एमालेको नीति कार्यक्रम र नेतृत्वको बारेमा अन्तक्रिया गरिएको थियो । भेलामा एमाले राष्ट्रिय प्रतिनिधी परिषद् सदस्य बिष्णु भटट्राई, पूर्व सभासद तथा कोशी अन्चल कमिटि सदस्य धर्म निरौला, अन्चल सल्लाहकार उपसचिव युवराज गौतम लगायतले बोलेका थिए ।
यसैगरि, घरदैलो कार्यक्रममा महेन्द्र नगर गाविस एकिकृत माओवादी सम्बद्ध राष्ट्रिय उद्योग व्यापार महासंघका केन्द्रिय सदस्य विष्णु प्रसाद घिमिरे पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
महेन्द्र नगर गाविसकै नेपाली कांग्रेस, एकिकृत माओवादी लगायतका पार्टीबाट २६ जना पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् >>