' निर्वाचनको आवश्यक सबै तयारी पूरा ' : उप्रेती

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सुरक्षालगायत निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक सबै तयारी पूरा भएको बताएका छन ।

निर्वाचनमा भाग नलिने पक्षले पनि मतदातालाई अवरोध नगर्ने भन्दै उनले निर्धक्क भएर मङ्सिर ४ गते  मतदान गर्न आग्रह गरेका छन ।

"लोकतन्त्रमा विरोध गर्न पाइन्छ अवरोध गर्न पाइँदैन, निर्वाचनमा भाग नलिनेले पनि मतदानका लागि मतदातालाई अवरोध गर्दिन भनेकाले ढुक्कसाथ मतदान गर्न आग्रह गर्दछु ।"  उनले आज राति १२ बजेबाट दल र उम्मेदवारले प्रचार गर्ने अवधि सकिएर निर्वाचनको मौन अवधि सुरु हुने भएकाले अब मतदाता परिचयपत्र वा नभए नागरिकलगायतका सरकारी प्रमाणपत्र लिएर सहज ढङ्गले मतदान केन्द्रमा मत खसाल्न जान एक करोड २१ लाख ४७ हजार मतदातालाई तयार हुन पनि आग्रह गरे ।

उप्रेतीले दुई लाखभन्दा बढी सुरक्षाकर्मीसहित चार लाखभन्दा बढी जनशक्ति निर्वाचनका क्रममा देशभर खटिएको र १८ हजार ४८५ मतदान केन्द्रमा जनशक्तिसहित मतपेटिका, मतपत्र र परिचयपत्र पुग्ने काम भएको बताउँदै नेपाली जनताकै तागतले ल्याएको परिवर्तनलाई संस्थागत गर्न यो संविधानसभा निर्वाचन ऐतिहासिक रूपमा सफल हुनेमा आफू ढुक्क भएको बताए



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>