ओखलढुङ्गामा बस दुर्घटना , एक जनाको मृत्‍यु

ओखलढुङ्गा । ओखलढुङ्गामा एमाओवादी चुनावी सभाका लागि जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

      बसका सहचालक विकास कटवालको घटनास्थलमै ज्यान गएको हो । ओखलढुङ्गा सदरमुकामबाट निशङ्खेमा हुने चुनावीसभाका लागि जाँदै गरेको ना२ख २३११ नम्बरको गाडी ठूलाछाप–६ कुडुलेमा दुर्घटना भएको हो ।

      दुर्घटनामा एमाओवादी केन्द्रीय सदस्य राम कार्कीसहित २३ जना घाइते भएका छन् । क्षेत्र नं १ का एमाओवादी उम्मेदवार केशव राई पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक भगिरथ रेग्मीले बताउनुभयो । घाइते सबैलाई ओखलढुङ्गास्थित सामुदायिक अस्पताल ल्याइएको छ ।

      कार्की र राईसहित ११ जनाको अवस्था चिन्ताजनक छ । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ । बस सडकबाट १५० मिटर तल खसेको छ । 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>