धरानमा खुल्यो विजयपुर अस्पताल
Posted by
purwanews
Published on
Saturday, November 16, 2013
धरान । धरान १० स्थित भर्खरै स्थापना भएको विजयपुर अस्पताल प्राली धरानले नाक, कान, घाटी बालरोग, छालारोग लगायतका रोगहरुको उपचार विशेषज्ञ चिकित्सकले गर्ने गरी आज देखि संचालनमा ल्याएको छ ।
अस्पतालले मंसिर महिना भित्रै बाल तथा नवजात शिशुको लागि बिरामी भर्ना, एन आई सि यु, पि आई सि यु जस्ता विभाग संचालनमा ल्याउने तयारि पुरा भईसकेको अस्पतालका अध्यक्ष पंकज खतिवडाले बताए । आज पत्रकार सम्मेलनको आयोजना गरेर सो अस्पातालको बारेमा जानकारी गराईएको हो ।
अध्यक्ष खतिवडाले भने, ‘मंसिर महिना भित्रमा जनरल फिजिसियल सेवा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, एनेस्थायोलोजिष्ट सहित आई सि यु, सि सि यु र दुई वटा जटिल शल्यक्रिया गर्न मिल्ने मेजर अपरेशन थेटरको समेत संचालनमा ल्याईने छ, जसका लागि सेन्टर अक्सिजन र सेन्टर भ्याकम सप्लाईको समेत व्यवस्था गरिएको छ ।’
उनका अनुसार शुरुमा बालरोग सेवालाई सुचारु गरिनेछ, अनि मात्र अन्य रोगहरुलाई प्राथमिकतामा दिईनेछ । खतिवडाले भने, ‘यस अस्पताललाई नाफामुखी नभनेर सेवामुखी भन्न सकिन्छ, किनकि वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेईङ भन्दा केही मात्रामा सस्तो रहेको छ ।’ साथै एक पटक पाटन अस्पतालबाट पनि वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर आउने व्यस्वस्था पनि गरिएको छ ।
उक्त अस्पतालमा मंसिर महिना बाटै डिजिटल एकसरे, भिडियो एकसरे, चौबिसै घण्टा प्याथोलोजी सेवा लगायत ईमरजेन्सी सेवा थप गरिने समेत अध्यक्ष खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस् >>