' सुनसरीका चार वटा मतदान केन्द्र अति संवेदनशील '

इटहरी । दोस्रो संविधानसभा निर्वाचनका दिन नजिकिँदै गर्दा सुनसरी जिल्लामा तोकिएका कुल १५२ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मतदान केन्द्रका रूपमा हेरिएको छ।

नेकपा–माओवादीसहित ३३ दलले संविधानसभा निर्वाचनलाई सक्रिय बहिष्कारको घोषणासहित आन्दोलनसँगै विभिन्न स्थानमा आक्रमण र आतङ्क फैलाउने कार्य गरिरहेका कारण ती मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रूपमा लिइएको जिल्ला सुरक्षा निकायले विश्लेषण निकालेको हो । जिल्ला सुरक्षा निकायका अनुसार यस जिल्लाको ५८ वटा मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रूपमा हेरिएको छ ।

जिल्ला सुरक्षा निकायका अनुसार निर्वाचन क्षेत्र नं १ मा परेको धरान नगरपालिका र पाँचकन्या गाविसमा रहेका मतदान केन्द्रहरूमध्ये पाँचकन्या गाविसमा रहेको सरस्वती उच्च मावि पानबारी, पञ्चकन्या प्रावि ठिङ्गाबारी र कालिका प्रावि देवीस्थान मतदान केन्द्र अति संवेदनशील मतदान केन्द्रको सूचिमा परेका छन्

सो निर्वाचन क्षेत्रको धरान नगरपालिकाअन्तर्गतका २१ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रूपमा छुट्याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले जानकारी दिनुभएको छ । पहिलो संविधानसभा निर्वाचन २०६४ मा लिम्बूवान सम्बद्ध पार्टीले मात्र संविधानसभा निर्वाचन बहिष्कार गरेकोमा यो पटक नेकपा–माओवादीसहित धेरै राजनीतिक दलहरू निर्वाचन बहिष्कारका पक्षमा रहेका कारण मतदान केन्द्रमा सहज रूपमा मतदाताहरू पुग्नका लागि कठिन पर्ने विश्लेषण गरिँदैछ । आन्दोलनमा रहेका राजनीतिक दलहरूले गाउँ–गाउँमा नै मतदातालाई रोक्ने रणनीति बनाएको तथ्यहरू फेला परेका कारण पनि मतदान केन्द्रहरू संवेदनशील मानिएको हो ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>