डा. महतलाई ‘मार्ने’ प्रयत्न, अवरोध हटाउन खोज्दा बम बिस्फोट

भोलाराज पौडेल
नुवाकोट, मंसिर ११ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सभासद् डा. रामशरण महत भयानक दुर्घटनाबाट बच्नुभएको छ ।

नुवाकोटको थप्रेक गाविसमा उहाँलाई लक्षित गरी मंगलवार साँझ दुई वटा बम विस्फोट गरिएपनि डा महत भने सुरक्षित हुनुहुन्छ ।
बेतिनी गाविसको जिम्नाङमा विजयसभा सकेर फर्कने क्रममा डा. महतको टोलीलाई थप्रेक गाविसको आरुखर्कको जंगलमा सडक छेउका रुखहरु ढालेर अबरोध गरिएको थियो । सो अवरोधलाई हटाउने क्रममा दुई वटा बम विस्फोट भएको हो ।
महतलाई आरुखर्कको जंगलमा रुख ढालेर अबरोध गरिएपछि हटाउनका प्रहरीले चाउचाउको बाकस जस्तो बस्तु फाल्नेक्रममा एउटा बम विस्फोट भएको र अर्को एउटा नजिकैको जंगलमा विस्फोट भएको नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव रामजी पौडेलले जानकारी दिनुभएको छ ।
खरानीटार प्रहरी चौकीबाट प्रहरीहरु घटनास्थल पुगेर अवरोध पन्छाएपछि डा. महतको टोली काठमाडौंतर्फ लागेको छ । एकीकृत माओवादीको प्रभाव रहेको उक्त गाविसमा बाटो अवरोध गर्ने काम पनि माओवादी कार्यकर्ताले नै गरेको नेपाली काँग्रेसले आरोप लगाएको छ । तर, एमाओवादीका एक स्थानीय नेताले भने डा. महतलाई अवरोध र बम विस्फोट गराउने काममा आफ्नो पार्टी संलग्न नरहेको बताएका छन् ।
(दैनिक नेपाल अनलाइन बाट)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>