मतगणना अन्तिम चराणमा ,सुनसरिमा एमाले अगाडि


अजित कुमार झा / सुनसरी
संविधान सभाको सम्पन्न निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना समपन्न भए लगतै सुनसरीमा आईतबारदेखी सुरु भएको समानुपातिक तर्फको मत गणना कार्य समेत मंगलबार अन्तिम चरणमा पुगेको छ ।
सुनसरीमा समानुपातिक तर्फको मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १,३,४,५ र ६ को मतगणना कार्य समपन्न भएको छ भने क्षेत्र नं. २ को मतगणना कार्य अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका प्रमुख गोपाल भटट्राईका अनुसार सुनसरी क्षेत्र न. १, ५ र ६  मा नेकपा एमालेले सबै भन्दा बढी मत प्राप्त गरी अग्रस्थान रहेको छ  भने क्षेत्र न. ४ मा नेपाली काग्रेसले अग्रता हासिल गरेको छ ।
त्यसैगरी सुनसरी क्षेत्र नं ३ मा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले सबै भन्दा बढी समानुपातिक तर्फको मत प्राप्त गरेको छ ।

नेकपा एमालेले क्षेत्र नं १ मा ११ हजार ४ सय ६५ मत पाएको छ भने एकिकृत माओवादीले ७ हजार ८ सय ५३, राप्रपा नेपालले ५ हजार ४ सय १६ मत प्राप्त गरेको छ । त्यसैगरी सुनसरी क्षेत्र न. ३ मा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले १४ हजार ६ सय १६ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ भने दो्रश्रो स्थानमा नेकपा एमालेले ११ हजार ५ सय २४ मत प्राप्त गरेको छ । त्यसैगरी क्षेत्र    न. ३ मै नेपाली काग्रेसले ७ हजार ५ सय ४६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ ।

सम्पन्न मतगणना अनुसार सुनसरी क्षेत्र नं. ४ मा समानुपातिक तर्फ सवैभन्दँ वढि मत नेपाली काग्रेसले पाएको छ । समानुपातिक निर्वाचन प्रणाली तर्फ क्षेत्र नं ४ मा ४७ हजार ७ सय ४० मत खसेकोमा ४५ हजार ६ सय ३९ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख भट्टराई्ले बताउनुभयो ।
नेपाली काग्रेसले ११ हजार ५ सय ४२ मत पाएको छ । त्यसैगरी क्षेत्र नं. ४ मै एमालेले ७ हजार ९ सय ११,राप्रपा नेपालले ५ हजार १०, फोरम लोकतान्त्रिकले ५ हजार ३ सय ६६ र फोरम नेपालले ३ हजार ७ सय ३९ मत मात्रै पाएको छ ।
यस क्षेत्रमा २ हजार १ सय १ मत समानुपातिक तर्फ बदर भएको बताइएको छ । ४५ हजार ६ सय ३९ मत मध्ये सवैभन्दा वढि काग्रेसले मत पाएको छ । यसैविच सोहि क्षेत्रमा प्रत्यक्ष तर्फ ३ हजार ६ सय ७५ मत वदर भएको छ । प्रत्यक्ष तर्फ ४३ हजार ३ सय १८ मत सदर भएको थियो ।  क्षेत्र नं ५ मा नेकपा एमालेले ६ हजार ९ सय ९९,फोरम नेपालले ६ हजार २ सय ६८ मत र फोरम लोकतानित्रकले ५ हजार ४ सय १५ मत प्राप्त गरेको छ ।

यसैगरी क्षेत्र न. ६ मा नेकपा एमालेले  १२ हजार ३ सय ५६, नेपाली काग्रेसले ८ हजार ४ सय ४९ र एमाओवादीले ३ हजार ८ सय ९३ मत  प्राप्त गरेको छ । उता गत मंसिर ३ गते राति महेन्द्रनगर गाविसमा अज्ञात समुहको आक्रमणबाट  एमाले निकट युवा संघ सुनसरी क्षेत्रिय कमिटी ६ का ईञ्चार्ज बिनोद लिम्बु घाईते भएको घटनालाई नेपाली काग्रेस सुनसरीले भत्र्सना गरेको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>