विद्यालयमा आयोजित एमाले सभामा बम विष्फोट हुँदा ७ घाइते
ताप्लेजुङ । एमालेको चुनावी कार्यक्रम विथोल्न अज्ञात समुहले ताप्लेजुङको खेक्लिङमा बम विष्फोट हुँदा ७ जना घाइते भएका छन् ।
खोक्लिङस्थित मोति उच्चमाविमा कार्यक्रमको तयारी भइरहेका बेला अज्ञात समूहले आज दिउँसो करिब सवा १ बजे दुईवटा ग्रिनेट बम पट्किँदा खोक्लिङ २ का ८ वर्षीय पदम मगर, रेनुका अधिकारी, खोक्लिङ ४ का योग्य विक, मानबहादुर विक र तुलसा कार्की घाइते भएका हुन् ।
घाइतेको कान र छाति खुट्टा लगायतका अंगमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते मगरको अबस्था गम्भीर भएकोले थप उपचारको लागि जिल्ला अस्पताल लगिएको छ भने बाँकीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
कार्यक्रममा एमालेका प्रत्यक्ष उम्मेदवार डम्बरध्वोज तुम्बाहाम्फे, जिल्ला अध्यक्ष तिलकुमार मेन्याङबो लगायतको टोली रहेको छ । प्रहार गरिएको मध्ये एउटा बम अहिले प्रहरी र सेनाले निश्क्रिय पार्ने तयारीमा रहेको छ । घटनास्थललाई अहिले प्रहरीले आफ्नो सुरक्षा घेरा भित्र राखेको छ । बम प्रहार गर्नेहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>