‘बन्दले चुनाव भाँडिदैन’ : रेग्मी
Posted by
purwanews
Published on
Friday, November 8, 2013
काठमाडौं / मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले भयरहित वातावरणमा संविधानसभाको निर्वाचन सम्पन्न हुने हुँदा ढुक्क भएर मत खसाल्न सर्वसाधारणलाई आग्रह गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको २८ औं प्राज्ञ सभाको राजधानीमा उद्घाटन गर्दै आज अध्यक्ष रेग्मीले निर्वाचन बिथोल्ने अनेक षड्यन्त्र भइरहेकोले त्यस विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।नेकपा–माओवादी लगायतका पार्टीले आब्हान गरेको बन्द, हड्तालले चुनाव नभाँडिने भन्दै अध्यक्ष रेग्मीले तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताए ।
निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै उनले बन्द, हड्ताल जस्ता कार्यक्रम फिर्ता लिएर चुनावमा सहभागी हुन माअओवादीलाई आग्रह गरे ।
रेग्मीले प्रज्ञा प्रतिष्ठानको विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस् >>