"मधेसलाई अकल्पनीय घाटा"
Posted by
purwanews
Published on
Saturday, November 9, 2013
इटहरी । मधेसवादी नेता जयप्रकाश प्रसाद गुप्ताले आउँदो निर्वाचनले मधेसवादी दलहरुलाई सोच्दै नसोचेको घाटा पुर्याउने दावी गरेका छन् ।
शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अधिकार र पहिचानका मागलाई निस्तेज पार्ने गरी नियम बनाइ चुनाव गर्न लागेको र मधेसवादी दलहरु पनि लोभलालचमा फँसेकोले मधेसको प्रतिनिधित्व र अधिकार आउँदो संविधानसभामा घट्ने दावी गरे ।
उनले विदेशी शक्तिको इशारामा भ्रष्टाचारलाई वैद्यानिकता दिन चुनाव गर्न लागेको भन्दै विरोध गरे । उनले निर्वाचनपछि व्यापक ध्रुवीकरणको सम्भावना औल्याउँदै नेपालीले पाइसकेको परिवर्तन समेत गुम्ने खतरा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस् >>