अशक्त, फरक क्षमता भएकाले पनि गरे मतदान

धरान । आफुले चाहेको दल र उम्मेदवारलाई आज सम्पन्न भएको संविधानसभाको निर्वाचनमा मुलुक भरका
शारिरिक अशक्त, फरक क्षमता भएका मतदाताहरुले पनि मतदान गरेका छन् । सरकारले अपाङ्ग मैत्री निर्वाचनको व्यबस्था गरेकाले अधिकांसले उत्साहपुर्वक मतदान गर्न पाएको रािष्ट्रय अपाङ्ग महासंघका  पुर्वाञ्चल कोषाध्यक्ष दिपकला राईले बताइन् ।

यसअघिका संसदीय, स्थानीय र संविधानसभाको निर्वाचनहरुमा शारिरिक अपाङ्ग, सुस्त मनस्थिति, दृष्टीविहिन, बहिरालगायतलाई निर्वाचनको बेला महत्व नदिदा उनीहरुले उत्साह पुर्वक मतदान गर्न नपाएको राइले बताइन् । उनले भनिन्, ‘विभिन्न खाले अपाङ्गता भएका नेपाली नागरिकहरु मुलुक भर ३१ लाखको हाराहारीमा रहेको तथ्याङ्क छ । ती मध्ये मतदान गर्न योग्यहरु ३० प्रतिशत भन्दा बढी छन् । सवैखाले अपाङ्गहरुलाई आफुले चाहेको दल र उम्मेदवारलाई मतदान गर्ने अधिकार दिलाउन सके उनीहरुको एक भोटको महत्व अझ बढ्छ ।’ उनले विगतका निर्वाचनमा भन्दा यसपाली अपाङ्गता भएका १० प्रतिशतले मतदान गर्न भ्याएको बताइन् ।
बकलौरी निर्वाचन केन्द्रमा मतदान गरिसके पछी महेस दाहाल । उनी दृष्‍टि बिहिन हुन ।

आफुले शहज तरिकाले मतदान गर्न पाएकोमा खुशी ब्यक्त गर्छन् बकलौरी १ का महेस दाहाल । उनी भन्छन, "मैले लाइन बस्नु परेन । कर्मचारी र दलको मान्छेले मलाई भोट् हाल्ने ब्याबस्था गरिदिए।"  एक जुगमा एक पटक आउने संबिधान सभाको चुनाव दुई पटक आएकोमा दाहाल दु:ख ब्यक्त गर्छन् । उनी भन्छन, "पहिलो सम्बिधान सभामा पनि भोट् हालेको थिए । तेतिबेला धेरै उत्साह थियो । तर, अहिले त्यस्तो छैन। आफ्नो कर्तब्य गर्न मात्र आएको हुँ ।" ३१ बर्सिय दाहाल दृष्‍टि बिहिन हुन ।

    निर्वाचन आयोगले संविधानसभाको चुनाव पर्यवेक्षण गर्ने गैर सरकारी संस्था मध्ये राष्ट्रिय अपाङ्ग महासंघलाई पनि सहभागी गराएकाले १७ जिल्लामा अपाङ्गता भएका १ सय २५ जना पर्यवेक्षकको रुपमा निर्वाचन केन्द्र अवलोकनमा खटेकाले अपाङ्गता भएका धेरै साथीहरु उत्साहका साथ निर्वाचन मतदानका लागि सहभागि भएको कोषाध्यक्ष राईले बताइन् । महासंघले शारिरिक अपाङ्गता, दृष्टी विहिन, सुन्न नसक्ने, बोल्न नसक्ने, श्रवण र दृष्टीवहिन, मानसिक अपाङ्गता, बहु अपाङ्गता गरी सात किसिममा अपाङ्गतालाई वर्गिकरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>