बिहानैदेखि मतगणना सुरु
Posted by
purwanews
Published on
Wednesday, November 20, 2013
![]() |
| फाइल तस्बिर |
अन्य ठाउँहरुमा धाँधली भएको हो वा होइन भन्ने कुरा आयोगको संयन्त्रले नै अनुसन्धान गर्ने र त्यसपछि पुन: निर्वाचन गर्नु पर्ने वा नपर्नेबारे निर्णय गर्ने आयोगले बताएको छ।
निर्वाचन आयोगले प्रत्येक दुई तीन घण्टाको फरकमा ताजा मतपरिणामहरु सार्वजनिक गर्दै जाने उल्लेख गरेको छ। निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने, "मंगलवार राति सम्म प्राय: सबै सदरमुकामहरुमा मतपेटिका ल्याइसकिएको छ। बुधवार १० बजेसम्ममा लगभग सबै स्थानमा मतगणना शुरु हुनेछ।"
पहिलो हुनेले जित्ने तर्फको निर्वाचन परिणाम एक हप्ताभित्र र समानुपातिकतर्फको तीन हप्ताभित्र आइसक्ने आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् >>
