सुनसरीमा मतदान शान्तिपुर्ण


तस्बिरहरु : सन्जिव वाग्ले
धरान  । सुनसरी क्षेत्र न १ मा विहानै देखि शान्तिपुर्ण भएको मतदान सम्पन्न भएको छ । मतदाताहरु उत्साहपुर्वक सहभागी भएका थिए । क्षेत्र न १ को सिंहदेवी केन्द्रमा ९० प्रतिशत मतदान भएको थियो । निर्वाचनको अघिल्लो सांझ पाचकन्याको देउरालीमा दलहरु वीच सामुहकि झडप भएकाले चुनाव विथोलिने आशंका गरिएपनि सुरक्षाकर्मीको मजबुत उपस्थितिले विहान कतै पनि नराम्रा घट्ना भएनन् । प्रहरीले सवारी अनुमति विना सडकमा जथाभावी सवारी साधन चलाउनेहरुलाई नियन्त्रण गर्न दुइ दर्जनको चावी खोसेको थियो ।
    धरान–१३ अमरहाट स्थित निर्वाचन केन्द्रमा खट्ने स्वयमेसेविका तारा कटुवालले शारिरिकरुपमा अशक्त खड्गशोभा राईको नाममा मतदान गरिदिएपछि उनका आफन्तले गुनासो गरेका थिए । क्षेत्र न १ मा २४ वटा निर्वाचन केन्द्र तोकिएका थिए ।  क्षेत्र न १ मा मतदाताहरु  ६५ हजार ७ सय ९५ जना रहेका थिए । निर्वाचनमा सहभागी मतदातालाई लक्षित गरेर अज्ञात समुहले धरानको सिंहदेवी चोक स्थित पुरानो बालिका स्कूलको मतदान केन्द्रमा राखेको सकेट बम अपरान्ह ४ बजेर ४५ मिनटमा सेनाले निस्कृय बनाएको निर्वाचन सहअधिकृत चिरन सुव्वाले बताए । प्रहरीले धरानका चुनाव बहिस्कारवादी नेताहरुलाई एक दिन अघि नै पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नेकपा माओवादीका कोचिला राज्य समितिका सल्लाहकार समेत रहेका क्षेत्रीय सह इन्चार्ज एकराज कोइराला, कोचिला सदस्य  प्रेम गंगा गिरी, १ नम्बर एरिया सदस्य माया भुजेललाई पक्राउ गरेको जनाएको छ ।
    इप्रका धरानका डिएसपी टेकबहादुर तामाङकाअनुसार एकराज कोइरालाबाट ५ थान प्रेसर कुकर किनेको विल समेत फेला परेकाले धरानका विभिन्न ठाउमा चार दिन अघि राखिएका प्रेसर कुकर वम उनैको निर्देशनमा राखिएको हुन सक्ने आशंका गरिएको छ ।
निर्वाचन आयोगले सुनसरीमा फोटो सहितको परिचय पत्रका लागि ३ लाख ७२ हजार जनाको नामावली संकलन भएकोमा ३ लाख ८ हजार जनाको मात्र कायम भएकाले बांकीले प्राविधिक कारणले मतदाता परिचय पत्र नपाएको निर्वाचन आयोगले जनाएको छ । सवैक्षेत्रमा उत्साहपुर्वक मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>