खनाल र ओली चुनाबी प्रचारमा ब्यस्त
Posted by
purwanews
Published on
Friday, November 1, 2013
इलाम / नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले अर्काे संविधानसभा सदस्य निर्वाचनलाई नेकपा–माओवादीले बिथोल्न नहुने बताएका छन ।इलाम क्षेत्र नं १ अन्तर्गत चिसापानीस्थित बजारमा आयोजित चुनावीसभामा अध्यक्ष खनालले जनताको भविष्यको रेखा कोर्ने ऐतिहासिक निर्वाचनलाई बिथोल्नभन्दा पनि सहयोग गरेर अघि बढ्न सो पक्षलाई अनुरोध गरेका छन ।
सरकार, निर्वाचन आयोग र मुख्य राजनीतिक दल निर्वाचनकेन्द्रित भएकाले आगामी मङ्सिर ४ गते जसरी भए पनि निर्वाचन भइछाड्ने उनको भनाइ छ । घरदैलो अभियानमा खनाल बिहीबार बेलुका चिसापानी पुगेका थिए ।
माओवादीले चुनाव बहिष्कार गरे पनि उनीहरुको विरोध शान्तिपूर्ण हुनुपर्ने खनालको भनाइ छ । एमाले देशको कार्यसूची लिएर अघि बढेकाले यस पटकको चुनावबाट पहिलो शक्ति बन्ने खनालको जिकिर छ ।
पार्टीबाट केही साथीहरू छाडेर जाादा आफ्नो पार्टीलाई कुनै असर नगरेको जिकिर गर्दै पहिले जाने साथीहरू पनि अहिले निरन्तर फर्कने क्रममा रहेको बताए । हिमाल, पहाड र तराईलाई मिलाएर अघि बढाउनका लागि आफूले सर्लाहीबाट समेत उम्मेद्वारी दिएको, आफ्नो निर्वाचन क्षेत्रमा प्रधानमन्त्री भएको समयमा रु एक अर्ब २५ करोड बराबरको विकासनिर्माणका काम गरेको उनको भनाइ छ ।
त्यसै गरी , नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले संविधान र आर्थिक विकासका कार्यसूची आफ्नो दलसग मात्र भएका कारण आफ्नो दलले बहुमत ल्याउने दाबी गरेका छन । झापाको दमकदेखि पााचथरको रवि जोडिने फाल्गुनन्द सडकको आज अवलोकनपछि नेता ओलीले संविधान निर्माणका लागि एमालेले उठाएका कार्यसूची जनमुखी र विकासमुखी भएको बताए । उनले इलामको बााझोस्थित लारुम्बामा किराात धर्मगुरु आत्मनन्द लिङदेनसाग भेट गरेका थिए । त्यसक्रममा गुरु लिङ्देनले स्थानीय धार्मिकस्थल राज्यबाट उपेक्षित भएको गुनासो पोखेका थिए । ओलीले आफूले यस क्षेत्रको समग्र विकासका लागि काम गर्ने आश्वासन दिदै गुरु लिङ्देनको जन्मोत्सवको शुभकामनासमेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् >>