" इराकमा अलकायदा अझै बढी क्रियाशिल " : ओबामा
Posted by
purwanews
Published on
Saturday, November 2, 2013
काठमाडौं / अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा आतंकवादी संगठन अलकायदा अझै बढी क्रियाशिल रहेको दाबी गरेका छन् । इराकी प्रधानमन्त्री नुरी मल्लिकीसंग ह्वाइट हाउसमा भएको भेट पछि सञ्चारकर्मीसंग कुरा गर्दै ओबामाले दुर्भाग्यवश अल कायदा अझै पनि सक्रिय रहेको र पछिल्लो समय झन क्रियाशिल भएको बताए । उनले इराकमा हिंसाबाट नभई राजनीतिक माध्यमबाट इराकी जनताहरुबीच छलफल हुनका लागि निर्वाचन कानुन पारित गरिनु आवश्यक भएकोमा जोड दिए । यसअघि इराकी प्रधानमन्त्रीसंगको कुराकानीमा ओबामाले समावेशी र प्रजातान्त्रिक इराकमा जोड दिएका थिए । तर ओबामाले नयां सैन्य सहयोगबारे भने कुनै कुरा नउठाएको समाचारमा जनाइएको छ ।
भेटवार्ता पछि ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्तिमा दुई नेताबीच इराकी सुरक्षाकर्मीलाई तत्काल अतिरिक्त सहयोग आवश्यक भएकोमा सहमति जनाएको उल्लेख गरिएको छ ।
इराकबाट अमेरिकी सेना स्वेदश फर्किएको दुई वर्ष पछि वासिङटनमा वार्ताका लागि इराकी नेता पुग्नु भएको हो । इराकमा पछिल्लो समय साम्प्रदायिक तनाबका कारण हिंसा बढ्दो छ भने बढ्दो भ्रष्टाचार र आधारभुत सेवा पु¥याउन नसकेको भन्दै सरकारको व्यापक आलोचना भैरहेको छ ।
(बि बि सि )
प्रतिक्रिया दिनुहोस् >>