" आचारसंहिता उल्लङ्घन गर्ने कार्बाहीको भागीदार " : यादव
Posted by
purwanews
Published on
Friday, November 1, 2013
इटहरी / निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दलले कुनै पनि हालतमा छुट नपाउने र उनीहरु कार्बाहीको भागीदार रहने बताएका छन ।
आज ईटहरीमा आयोजित कार्यक्रममा आयुक्त यादवले आफू पूर्वी नेपालमा राजनीतिक दलले आचारसंहिता उल्लङ्घन गरिरहेको भन्ने सूचनाका आधारमा अनुगमनका लागि निक्लेको बताउदै एनेकपा (माओवादी), नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) लगायतले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई आचारसंहिताको पूर्णपालना गर्न गराउन स्पष्टीकरणसमेत सोधिसकिएको जानकारी दिए ।
उनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर प्रयोग गरेर चुनावी अभियानमा हिाडेको फेला परेपछि पुष्प कमल दाहाललाई समेत स्पष्टीकरण सोधिएको र चुनावीसभामा जान हेलिकोप्टर प्रयोग गर्नुपूर्व अनुमति लिन भनिएको पनि आयुक्त यादवले बताए ।
राप्रपा नेपालले चुनावी प्रचार अभियानमा अनधिकृत रुपमा सवारी साधन प्रयोग गरेको पाइएकाले उसलाई पनि स्पष्टीकरण लिई सकिएको यादवले दाबी गरे । उनले भने " फोरम लोकतान्त्रिकका अध्यक्षले विराटनगर विमानस्थल आउादा प्रयोग भएका साधनस्रोत पनि आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण सोधि सकिएको छ ।"
आयुक्त यादवले चुनावी सभासमारोहमा सवारी साधन प्रयोग गर्न पाइने तथा त्यस्तो कार्यक्रममा माइकलगायत प्रचार सामग्री, चुनाव चिह्न, पार्टीको झन्डा प्रयोग गर्दा आचारसंहिता उल्लङ्घन नहुने तर सार्वजनिकस्थलमा प्रयोग भए उल्लङ्घन हुने पनि स्पष्ट पारे ।
आचारसंहिता उल्लङ्घन गर्ने दल वा दलका र स्वतन्त्र उम्मेदवारले अटेर गरेर आचारसंहिता उल्लङ्घन दोहोर्याएको पाइएमा कानुनबमोजिम कारबाही गरिने र जितेको अवस्थामा उसको उम्मेदवारी समेत खारेजीमा पर्ने उनको चेतावनी थियो ।
प्रतिक्रिया दिनुहोस् >>